६ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति बेल्जियमद्वारा सहयोग

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार १२:१३

चितवन । जनसम्पर्क समिति बेल्जियमले नवलपरासीको देवचुली नगरपलिका-१६ स्थित पहाडी क्षेत्रमा रहेको बाह्रकोल खानेपानी उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष सिता सापकोटाले आज नेपाली कांग्रेसका महामन्त्री शशांक कोईराला मार्फत् समितिका अध्यक्ष बमबहादुर सिड्डंजालीलाई नगद एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले नवलपरासीलाई सम्मुन्नत र विकासका लागि आफ्नो पहल अझ अगाडी बढ्ने बताउनुभयो ।
नवलपरासी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्न आफुले ठुलो भुमिका खेलेको बताउदैं आगामी ५ वर्षमा सो क्षेत्रमा ट्रमा सेन्टर, रिड्ड रोड लगायतको अवधारणा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । खानेपानी ट्याड्डकी ममर्त तथा सरसफाईको लागि सो रकम हस्तान्तरण गरिएको जनसम्पर्क समितिकी अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । लोकतन्त्र नै मुलुकको समृद्धिको पहिलो आधार भएको बताउदैं अध्यक्ष सापकोटाले लोकतन्त्रवादीहरु सामाजिक कार्यमा अग्रपड्डितमा रहेको बताउनुभयो ।
आफुले कर्म क्षेत्र विदेशमा बनाएता पनि स्वदेशको विकास निमार्णलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सो क्षेत्रका प्रदेशका उम्मेदवार कृष्णचन्द्र नेपालीले जनसम्पर्क समितिको सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो । वि.सं २०६१ सालमा निमार्ण भएको सो खानेपानीको मूल व्यवस्थित तरिकाले परिवर्तन गर्नका लागि आर्थिक रकम अझ आवश्यक पर्ने समितिका अध्यक्ष सिड्डंजालीले बताउनुभयो । देवचुली १७ गाणेश मन्दिर परिषरमा भएको कार्यक्रम रविलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
sita