१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारत्तोलक कार्की विश्वस्तरिय प्रतियोगीताका लागी छनोट

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार १५:३४

अमेरिका निवासी नेपाली भारत्तोलक रुप कार्की अन्तराष्ट्रिय भारत्तोलन प्रतियोगीतामा प्रतिस्पर्धाको लागी छनोट भएका छन् ।
यहि नोभेम्बर १८ र १९ तारिखमा जर्जीयाको एटलान्टामा हुने अन्तराष्ट्रिय भारत्तोलन लिग च्याम्पियनसीपका लागी उनि छनोटमा परेका हुन् । विश्वभरका हेभिवेट भारत्तोलकहरु प्रतिश्पर्धी रहने सो प्रतियोगीतामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । राष्ट्रिय वा महादेशीय प्रतियोगीता जितेका प्रतियोगीहरु मात्र सो प्रतिस्पर्धामा सहभागी हुन पाउछन् ।
विगत एक दशक देखि भर्जिनिया बस्दै आएका कार्की गत बर्ष उत्तर अमेरिकी महादेशीय स्तरको प्रतिस्पर्धामा पनि उत्कृष्ट भएका थिए । उनि हेभिवेट भारत्तोलक हुन् । रुप कार्कीले छोरा रुपेश कार्कीको प्रशिक्षणमा लामो समयदेखि नियमित प्रशिक्षण गरिरहेका छन् । “विश्वस्तरको प्रतिश्पर्धामा सहभागी हुने मेरो ठुलो सपना थियो, त्यो पुरा भएको छ” कार्कीले भने । यो प्रतियोगीता जितेमा कार्की भारत्तोलनको विश्व च्याम्पियन बन्ने छन् ।
नेपालको रुपन्देही स्थाइ घर भएका कार्की विगत पन्ध्र बर्षदेखि अमेरिका बस्दै आएका छन् । नेपाल रहदा देखी नै भारत्तोलनका विभिन्न प्रतियोगीतामा सहभागी हुदै आएका कार्कीले अमेरिका आए पछि कठिन परिस्थितिका बावजुद अभ्यास निरन्तर राखेका थिए । उनले विभिन्न स्थानिय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाइ रहे यद्यपी शुरुका दिनहरुमा निराशा सिवाय केहि हात लागेन । तर उनले हरेश खाएनन् । नियमित अभ्यास र आत्मविश्वासले नै आफुलाइ यो स्तरको सफलता दिलाएको उनि स्मरण गर्छन । “जति निराशा हात लागे पनि मैले हरेश खाइन, निरन्तर मेहनतको फल हो यो” उनले भने ।
कार्की छनोट भएको प्रतियोगीतामा विश्वभरका भारत्तोलकहरु सहभागी हुनेछन् । भारत्तोलनको यो उच्चस्तरिय प्रतिश्पर्धा मध्यको एक हो । “उच्च आत्मबलका साथ सहभागी हुदैछु, म पदक ल्याउनेमा विश्वस्त छु” कार्कीले भने । गतबर्ष महादेशिय प्रतियोगिता जिते पश्चात उनलाइ विश्वस्तरिय प्रतिश्पर्धामा सहभागी हुन सकिन्छ भन्ने लागेको थियो । भारत्तोलन मार्फत नेपालको नाम उज्यालो बनाउने सपना बोकेका कार्की भन्छन्, “मेरो सपना नेपाललाइ विश्वमा चिनाउने हो, म जितेर फर्र्किने छु ।” उनले प्रतियागीतामा उपस्थित भै हौसला बढाइ दिन पनि सबै नेपालीलाइ अनुरोध गरे ।