११ बैशाख २०८१, मंगलवार
Follow Us

एनएजीसीः अन्तराष्ट्रिय भाइचारा र समाजसेवाको पर्याय

नेपालब्रिटेन डट कम
१९ कार्तिक २०७४, आईतवार ००:२७

किरण मरहठ्ठा, न्यूयोर्क ।
कला, साहित्य, संस्कृती तथा समाजसेवा मार्फत नेपालको पहिचान विश्वव्यापी बनाउने कार्यमा विश्वका विभिन्न भागमा धेरै नेपाली संघ संस्थाहरु क्रियाशिल छन्, त्यस मध्यको एक उत्कृष्ट सामाजीक संस्थाको नाम हो नेप्लीज एसोसिएसन अफ ग्लोवल कोअपरेशन अर्थात विश्व सहयोग संघ जसलाइ छोटकरिमा एनएजीसी भनेर चिनिन्छ । एनएजीसीको स्थापना सन् २००८ मा अमेरिकाको क्यालीफोर्नियामा भएको हो । जसको मुख्य उदेश्य, राजनीति, धर्म, संस्त्रृती जातजातीको बिभाजनलाइ निरुत्साहीत पार्ने र नेपाली कला, साहित्य, संस्कृती र पहिचानलाइ विश्वमा चिनाउदै एक सशक्त अन्तराष्ट्रिय समाजसेवी संस्थाको पहिचान कायम राख्नु हो । यो एक गैरनाफामुलक, अन्तराष्ट्रिय गैरराजनीतिक संस्था हो । एनएजीसीको अर्काे मुल मर्म भनेको विश्वशान्तिको लागी आवाज बुलन्द पार्नु हो ।
एनएजीसी विश्व बन्धुत्वको भावनाले ओतप्रोत विश्वव्यापी सामाजीक संगठन हो । स्थापनाको छोटो समयमै एनएजीसीले आफ्नो संगठनीक तथा सांस्कृतीक, समाजीक गतिविधिको कारणले यो संस्था अत्यन्त प्रतिष्ठत बन्न पुगेको छ । एनएजीसीलाइ अमेरिकी राष्ट्रपतिले हरेक बर्ष प्रदान गर्ने राष्टिपति भोलेन्टियर्स स्वर्ण पदकद्धारा २०१६ मा पुरस्कृत गरिएको छ । अमेरिकामा उत्कृष्ट समाजीक सेवा गरे वापत प्रदान गरिने यो स्तरको प्रतिस्ष्ठत पुरस्कारबाट पुरस्कृत हुनुले नै यसको समाजीक योगदान प्रष्ट हुन्छ । “हामीले अमेरिका र नेपालका अलावा अन्य देशहरुमा पनि सामजीक कामलाइ निरन्तरता दिएको छ” एनएजीसीका अन्तराष्ट्रिय अध्यक्ष मणि नेपाली पनेरु भन्छन् ।

NAGC logo

 

उत्कृष्ट सामाजीक कार्यका लागीे पनेरुले नेपाल, अमेरिका लगायत विश्वका विभिन्न मुलुकहरुमा प्रतिश्ठित पुरस्कार तथा सम्मानहरु पाएका छन् । एनएजीसी नेपाली एकता र पहिचानमा विश्वास राख्दछ र विश्वभरका नेपालीको एकता मार्फत नै समृद्ध नेपाल निमार्ण सम्भब छ भन्ने मान्यता अनुसार यसले काम गरिरहेको छ ।
संगठनिक संरचना :
स्थापनाकालमा अमेरिका र नेपालमा शाखा गठन गरेको एनएजीसीले हाल विश्वका ३० वटा देशहरुमा राष्ट्रिय संगठनहरु सक्रिय छन् भने, पोर्चुगल, स्पेन,दक्षिण कोरिया, कतार लगायत थप ५ वटा देशहरुमा राष्टिय समिति निर्माणको क्रममा छ । यसको संगठनिक ढांचा केन्द्र, महाशाखा र राष्ट्रिय समिति गरि विभाजीत छ । जस अन्तर्गत ७ वटा महाशाखाहरुमा अमेरिका, यूरोप, मध्यपुर्व तथा अफ्रिका, दक्षिण एशिया, ग्रेटर एशिया, अष्टेलिया र नेपाल रहेका छन् । अमेरिकामा दर्ता भइ केन्द्रिय कार्यलय स्थापना भएको भएता नेपालमा मुख्यशाखा स्थापना गर्रिएको छ ।

IMG_7757
एनएजीसीका मुख्य उपलब्धिहरु :
१) मध्यपूर्वमा समस्यामा परेका झन्डै १००० जना नेपालीको उद्धारमा उत्कृष्ठ कार्य गरेको । यस बापत नेपाल विश्व सहयोग संघका मध्यपूर्व तथा अफ्रीका च्याप्टरका सस्थापक अध्यक्ष राजेन्द्र प्रसाद देवकोटा त्यहाँको राजदूतावास लगायत प्राय सम्पुर्ण स्थानिय नेपाली सस्थाहरुबाट सम्मानित समेत भएका थिए ।
२) नेपाली आप्रवाशी श्रमिकहरूको वास्तविक अवस्था पहिचान गरी स्थायी समाधान तर्फ ठोस पाइला चाल्न मलेसीया तथा यु ए ई का कामदारहरूको क्याम्पहरुमा स्थलगत निरिक्षण गरि नेपाल सरकारलाइ प्रतिवेदन वुझाएको ।

३) दुबइमा अनाहकमा मृत्यु दण्डको सजाय सुनाइएका दार्चुला निवासी अमरबहादुर बमको जीवन रक्षाको लागि अन्तराष्ट्रिय रुपमा लबी गरिरहेको । अमर बचाउ ग्लोबल टास्क फोर्सको सचीवालय काठमाण्डौमा खोलेर दैनिक सूचना प्रवाह, बिचार गोष्ठीहरू, र्यालीहरू, हस्ताक्षर अभियान, पत्रकार सम्मेलन, जनचेतना कार्य्क्रम तथा सरकारलाई दवाव दिने कार्यहरू गरिरहेको ।
४)कला, साहित्य, संगीत, समाजसेवा तथा पत्रकारिता जस्ता मानव जिवनका विविध आयामहरुमा महत्वपुर्ण योगदान दिने व्यक्ति तथा संस्थाहरुलाइ हरेक बर्ष एनएजीसी अवार्ड र एनएजीसी अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको जसमा विश्वविख्यात नोबेल पुरस्कार विजेता प्रोफेसर चाल्र्स टाउन्सलाइ समेत विभुषित गरिएको । एनएजीसीले नेपालको प्रतिष्ठत मिडिया हाउस जनसवाल मिडिया प्रा.ली.को संयोजनमा हरेक बर्ष एकजना उत्कृष्ट पत्रकारलाइ एनएजीसी अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने गर्दछ ।
५)सन् २०१५ मा भारतले नेपालको संविधानको विरोधस्वरुप लगाएको अमानविय नाकाबन्दिको विश्वव्यापी बिरोध कार्यक्रमहरु संचालन गरेको ।
६)सनफ्रान्सिस्कोमा निर्मार्णाधिन नेपाली सामुदायीक केन्द्रको स्थापनाको लागी फन्ड रेजीगं कार्यक्रम संचालन गरि महत्वपुर्ण आर्थिक सहयोग प्रदान गरेको ।
७)स्थानिय तथा राष्ट्रियस्तरका ख्यातीप्राप्त नेपाली तथा अमेरिकी कलाकारहरूलाई प्रोत्साहन गर्दै सामुदायीक भाईचाराको जगेर्ना गर्नाका साथै कला संकृतीको संरक्षण र सम्बर्धन गर्न अमेरिकाको क्यालिर्र्फोिनयामा रमझम हिमाली साँझ नामक सांस्कृतीक उत्सवको थालनी र निरन्तरता ।
८) नेपाली तथा अमेरीकी अपाङ्ग बिद्यार्थीहरूलाई लघु छात्रबृती प्रदान गर्नुका साथै गरीब तथा जेहन्दार विध्यार्थीहरूलाई शैक्षिक भ्रमण तथा अत्यावस्यक शिक्षण सामाग्रीहरू प्रदान गरेर सहयोग पुर्याएको छ ।
९) पश्चिम अमेरिकामा पहिलो पटक नेपाल महोत्सव सम्पन्न गरेको ।
११आपत बिपतमा परेका सम्पुर्ण नेपालीहरुलाई आकस्मिक सेवा पुर्याउने उद्देश्यले अंबासडर इमर्जेन्सी फण्डको स्थापना भएको छ जुन हाल क्यालिर्फोिनया र अमेरिका च्याप्टरमा लागु भएको छ । यस फण्डबाट मानव अधिकारवादी स्वर्गीय सुबास दर्नालको परीवारले आकस्मिक राहत पाइसकेका छन् ।
१०) नेपाली संस्कृतीको जगेर्ना गर्न अमेरिकामै पहिला नेपाली फिचर फिल्म ‘कसम सगरमाथाको’ निर्माण गरि प्रदर्शन गरेको ।

१० नयाँपुस्तालाई नेपाली भाषा, संस्कृती हस्तानान्तरण गर्दै अन्य भाषी मित्रहरूलाई समेत नेपाली बोल्न प्रेरणा दिने उद्देश्यले नेपाली भाषा तथा संस्त्रृतीको पाठ्यक्रम अमेरिकी राज्यहरू लगायत । क्यालीफोर्नियाको पहिलो नेपाली भाषा पाठशालाइ पाठ्यक्रम तथा प्राविधिक सहयोग गरेको ।
जाति, धर्म र भूगोलको आधारमा विभाजीत भइ नेपाली एकता खण्डित हुदै गैरहेको अवस्थमा विश्व बन्धुत्व र एकताको मर्म सहित अगाडी बढेको एनएजीसीले आगामी दिनमा विश्वशान्तिको लागी अन्तराष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।