१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शिवजी श्रेष्ठले पाए बेजिंगस्टोक लेबोर पार्टीको नयाँ जिम्मेवारी

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार ०१:३२

लण्डन ।बेलायतस्थित स्थानीय राजनीतिमा बढ्दो सक्रिय संलग्नता नेपालीहरु सफलतातिर उन्मुख पनि भइरहेका छन् । यसै क्रममा बेलायतको प्रमुख प्रतिपक्षी लेबोर पार्टीको बेजिंगस्टोक शाखाको अधिबेशनले शिवजी श्रेष्ठलाई ब्लाक एसियन माइनोरिटी एथ्निक अफिसरमा निर्वाचित गरेको छ ।
शनिवार सम्पन्न अधिबेशन केहि पदहरुमा मतदान नै गर्नुपरेकोले राति अबेरसम्म मत गणना गर्नु परेको थियो । निर्वाचनले युवाहरुको लेबोर पार्टीमा बढदो आकर्षण देखाएको थियो ।
श्रेष्ठले बिगत ३ बर्षदेखि सो पद समाल्दै आएका छन् । २ बर्षदेखि श्रेष्ठ लेबोर पार्टीको स्थानीय काउन्सिलर पदका उम्मेदवार छनौट समितिको ५ जना भित्र कार्यकारी समिति भित्र पर्दछन ।
नेपाली समूदायतमा समेत लोकप्रिय श्रेष्ठ वेल्समा रहदा स्थानीय स्कुलको स्कुल गभर्नर एबम ल्यानरोम्नी लेबोर पार्टीका मेम्बरशिप सेक्रेटरीको रुपमा कार्यरत थिए ।