१३ बैशाख २०८१, बिहीबार
Follow Us

चुनावी दौडधुप

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार ०३:१५

काठमाण्डौ – प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकै आउन लाग्दा राजनीतिक दलहरुको दौडधुप निकै चर्को देखिन्छ । दलहरु सत्ताको खेलमा कसले जित्ने भन्ने होडबाजी गर्दै तँछाडमछाड गरिरहेका छन् ।
कतिपय उम्मेद्वारहरु दलीय स्वार्थ भन्दा पनि व्यक्तिगत स्वार्थको पछि लागि राजनीति गर्ने गरेको पाइन्छ । देशको विकास र समृद्धिभन्दा आफ्नै स्वार्थ ठूलो देख्ने नेताहरु गतिबेला भने गाउँघरमा घरदैलोमा व्यस्त देखिन्छन् ।

चुनाव नजिकिनै लाग्दा गाउँघरमा यसो गर्छौँ, उसो गर्छौँ भन्नेको कमी देखिदैँन । विभिन्न संगठनहरु सञ्चालन गरेर एउटाले अर्कोलाई दोष लगाउँदै भोट माग्ने तरीका पनि हाबी देखिन्छ ।
यतिबेला चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरु एकले अर्कोलाई दोष लगाउँदै घरघरमा नमस्ते गर्न हिँडिरहेका छन् । मानौँ अहिले ती उम्मेद्वारहरुलाई जनताले बोक्न भने पनि पछि पर्दैनन् । तर चुनाव जितेको भोलिपल्ट उनीहरु भुमिगत भएझैँ लाग्छ । न गाउँमा फर्किन्छन् त न जनतालाई चिन्छन् । चुनावको मुखमा जनताको जयजयकार पनि गर्ने तर पछि मुख पनि  नदेखाउने नेताहरुलाई यतिबेला भ्याइनभ्याइ छ