१६ चैत्र २०८०, शुक्रबार
Follow Us

उम्मेदवारी फिर्ताको समय आज, चुनाव चिन्ह पनि आजै दिइने

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार ०७:५८

काठमाडौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाका लागि निर्वाचन आयोगले उम्मेदवार फिर्ताका लागि आज बिहान १० देखि १ बजेको समय दिएको छ । दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने पनि निर्वाचन आयोगले जनाएको छ । आजै दिउँसो ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।
उम्मेदवारविरुद्ध परेको उजुरीको छानबिन सकिएपछि आयोगले आज अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो । हिजो उम्मेदवारविरुद्ध परेकाहरुको उम्मेदवारीमाथि छानविन सकिएको र आज अन्तिम नामावली प्रकाशन भएपछि उम्मेद्वारहरुलाई चुनाव चिन्ह दिइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनु भएको छ ।