१३ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचन आयोगको निर्णय सत्ताको दबाबमा : गोविन्दराज जोशी

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार ११:०१

तनहुँ । निर्वाचन आयोगले आफ्नो उम्मेदवारी रद्द गरेपछि तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार कांग्रेस नेता गोविन्दराज जोशीले आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । तनहुँमा पत्रकार सम्मेलन गरी नेता जोशीले आयोगको निर्णय अप्रजातान्त्रिक र असंवैधानिक भएको जिकीर गरे ।
आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी उनको छ । उम्मेदवारी रद्द गरेको बारेमा सन्चारमाध्यमबाट सुनेपनि आयोगले जानकारी नगराएको उनको भनाइ छ । निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष नभएको र सत्ताको प्रभाव र दबाबमा परेर निर्णय गरिएको उनको आरोप छ ।
आयोगको निर्णयविरुद्धमा के गर्ने भन्नेमा कानुनविदहरुसँग छलफल भइरहेको उनको भनाइ छ । आफूले टिकट नपाएपछि जोशीले सोही क्षेत्रमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । जोशीको उम्मेदवारीविरुद्ध पौडेलले दिएको उजुरीमा शनिबार (हिजो) आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।