१५ चैत्र २०८०, बिहीबार
Follow Us

जोमसोमको पुल उद्घाटन

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार ११:०५

मुस्ताङ । सदरमुकाम जोमसोमस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटर चल्ने पुलको आज उद्घाटन गरिएको छ । छयालीस मि लम्बाइ र ७.४ मि चौडाइ भएको पुलको नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको हो । भारतीय राजदूतावासको रु चार करोड १२ लाखको सहयोगमा जिल्ला प्राविधिक कार्यालयमार्फत पुल निर्माण भएको इ सकलदेव शर्माले बताउनुभयो ।
विस २०६८ चैत १३ गतेदेखि निर्माण शुरु भएकामा गत वैशाखमा निर्माण सकिएको थियो । पुल निर्माण भएपछि स्थानीयवासीका साथै मुक्तिनाथ तीर्थयात्रा र उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ ।
पुल उद्घाटनपछि आयोजित कार्यक्रममा राजदूत पुरीले भारत मुस्ताङको विकासमा सघाउन इच्छुक रहेको बताउँदै मुक्तिनाथ मन्दिरलाई थप विकास गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यहाँ भारतीय दूतावासको सहयोगमा विद्यालय भवन, गुम्बा र धर्मशाला निर्माण भएका छन् ।