४ बैशाख २०८१, मंगलवार
Follow Us

अकुत सम्पतीको आरोपमा पूर्व प्रहरी प्रमुख अर्याल अख्तियारको छानविनमा

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार १३:४३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्व प्रमुख उपेन्द्रकान्त अर्यालमाथि अकुत सम्पतीको आरोपमा छानिवन अघि बढाएको छ । आयोगले आज अर्याललाई अख्तियारमा बोलाएर अकुत सम्पतीका बारेमा जानकारी लिएको हो । महानिरीक्षक हुँदा गाडी तथा प्रहरीको कपडा खरिदमा अनियमितता गरेको उनीमाथि आरोप छ प्रहरी प्रमुख रहदा पदको दुरुपयोग गरेर श्रोत नखुलेको अकुत सम्पती जम्मा गरेको भन्दै अख्तियारले अर्यालसँग जानकारी लिइएको अख्तियार श्रोतले जानकारी दिएको छ । अख्तियारले अर्यालललाई आजै १३ सम्पती विवरण फारम पनि भराएको छ ।
अर्यालले गत फागुनमा नेपाल प्रहरीको प्रमुखवाट अवकास पाएका थिए । अख्तियारले बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको छ । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको छ ।
अख्तियारले अकुत सम्पतीकै आरोपमा सिंचाइ सचिव गजेन्द्र ठाकुरमाथि पनि आजै बयान लिएको छ । उनीमाथि एनसेलबाट आर्थिक लाभ लिएको अभियोग छ । ठाकुरमाथि एनसेलको लाभकर विवादमा संसदको लेखा समितिमा छलफल हुँदा सो प्रकरण अख्तियारमा नपठाउन लबिङ गरेको आरोप पनि छ । अख्तियारले काठमाडौं महानगरपालिकाका दुई कर्मचारीमाथि पनि अनियमितताको आरोपमा छानबिन अघि बढाएको छ । महानगरपालिकाका नगर निरीक्षक धनपति सापकोटा र अर्का कर्मचारी राजुनाथ पाण्डेमाथि अनुसन्धान सुरु गरेको हो ।
सापकोटा र पाण्डेले मापदण्ड विपरीत निर्माण भएका घर भत्काउने महानगरको निर्णयलाई कार्यान्वयन नगरी आर्थिक लाभ लिएको उजुरी अख्तियारमा छ । छानबिनमा पाण्डे र सापकोटाको सम्पति अस्वाभाविक देखिएकाले उनीहरुलाई अकुत सम्पत्ति अन्तर्गत बयान लिएको अख्तियारले जानकारी दिएको छ ।