१५ चैत्र २०८०, बिहीबार
Follow Us

ट्रान्सफरमर घोटालामा पूर्व मुख्यसचिवसहित तीन अख्तियारको छानविनमा

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार १३:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिद घोटालाका विषयमा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेका निर्णयका विषयमा आयोगले पूर्व सचिव क्षेत्रीसँग जानकारी लिएको हो । क्षेत्रीसँगै अख्तियारले उर्जा सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि अख्तियारले छलफल गरेको हो ।

चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीमा निर्माण भएका ट्रान्सर्फमर खरिदमा अनियमितता भएको आशंका अख्तियारले छानविन गरिरहेको छ । अख्तियारले ट्रान्सफरर्मर खरिदमा भएको अनियमितामा सग्लन विरुद्ध २०७० भदौमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तालगत्तै प्राधिकरणको बोर्डले दुवै कम्पनी आर्विट्रेसनमा जाने निर्णय गरेको थियो । निर्णय गर्दा एउटा बोर्ड बैठकको अध्यक्षता तत्कालीन ऊर्जा सचिवको हैसियतमा विश्वप्रकाश पण्डित र दोस्रोमा राजेन्द्रकिशोर क्षत्रीले गरेकाले उनीहरुसँग अख्तियारले बयान लिएको हो ।

आर्विट्रेसनमा जाने निर्णयलगत्तै मध्यस्थकर्ता पनि नियुक्त गरिएको थियो । अदालतमा विचाराधीन मुद्दामा मध्यस्थकर्ता नियुक्त गरेकाले उनीहरु अख्तियार छानविनमा तानिएका हुन । आर्विट्रेसनबाट प्राधिकरणलाई करिब साढे दुई करोड खर्च भएको अख्तियारको दावि छ । मुख्यसचिव क्षेत्र हालै सेवा निवृत्त भएका हुने भने, कार्की अझै वहालमै छन् । तत्कालीन समयमा ऊर्जा मन्त्रालयमा रहेका कार्की हाल नेपाल ट्रस्टको कार्यालयमा छन ।