११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनको बैठक सम्पन्न, १ दर्जन उपसमिति गठन

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार २०:५५

 

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको बैठक सम्पन्न भएको छ । आइतवार अल्डरशटमा सम्पन्न बैठकले संघको कार्यसमितिमा राजन खकुरेल, महेश गिरी, मनिष खड्का, गौमाया गुरुङ, र डा. दिलिप यादबलाई मनोनयन गरेको महामन्त्री राजकुमार त्रिपाठीले जनाए ।

बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ । बैठकले संघसँस्था संस्था संयोजन विभागको संयोजकमा पुनम गुरुङ, आर्थिक विभाग, सचिन श्रेष्ठ, कल्याणकारी विभाग, प्रमे घा मगर, प्रकाशन विभाग, रमेश सराङकोटी, उद्योग व्यवसाय, सुरज मास्के, नागरिकताको निरन्तरता विभाग, तारानाथ भण्डारी, बुद्धिजिवी विभाग, अर्कराज तिमल्सिना, संगठन तथा सदस्यता वितरण विभाग, शेर वहादुर सुनार, दैवि प्रकोप तथा आपतकालीन सहयोग विभाग, शुशिला राईलाई विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

यस्तै नेपाल सरकार, प्रदेश सरकार सभाषद तथा सरकारी कर्मचारी तथा दूतावास सम्पर्क समिति विभागको जिम्मेवारी महासचिव राजकुमार त्रिपाठीले लिएका छन भने उपसंयोजकमा विनय अधिकारी तोकिए ।

यस्तै अन्य विभागमा सामूहिक लगानी विभाग, गंगा राना, कला सास्ँकृति तथा धार्मिक संयोजन विभाग, होमनाथ पौडेल, क्षेत्र संयोजक विभाग, ललित न्यौपाने, बृद्ध तथा वालबालिकका विभाग, बिमला लिम्बु, गोर्खाज समन्वयन विभाग, डा. प्रमे आले, युवा विभाग, लाल वहादुर गुरुङ, खेलकुद विभाग, मुकेश राना, आइटी सदस्यता एवं निर्वाचन सरलीकरण विभाग पवन शर्मा, विद्यार्थी विभाग, जित रानाभाटलाई संयोजक तोकेको छ । यस्तै अनुशासन तथा अनुगमन समितिमा एनआरएन यूकेको संरक्षकहरु र भाषा साहित्य विभागको प्रमुखमा नारायण गाउँले तोकिएका छन् ।

वैठकले ताइकन्डो खेल र सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका हरि बुढामगरलाई सहयोग गर्ने निर्णय गरेको छ ।
यस्तै गैरआवासीय नेपाली संघ यूकेको सल्लाहाकारहरुको नामावली तयार गर्न अध्यक्ष योग कुमार फगामीलाई जिम्मा दिएको छ ।

वैठक संघको विधानअनुरुप क्षेत्रिय समितिको विस्तार गर्ने निर्णय गरेको छ । बैठकले इष्ट लण्डन, वेष्ट लण्डन, अल्डरशट, मिडल्याण्ड, स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डमा क्षेत्रिय समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले एनआरएन यूकेको कार्यालय स्थापना गर्न आवश्यक प्रकृया अघि बढाउनको लागि अध्यक्ष योग फगामी र महासचिव राजकुमार त्रिपाठीलाई जिम्मा दिएको छ ।

बैठकले एनआरएनएको उपाध्यक्षमा नवनिर्वाचित कुल आचार्य, सहकोषाध्यक्ष सोम सापकोटा र महिला उपसंयोजक संगिता मरहठ्टालाई वधाई तथा कार्यकालको सफलताको लागि शुभकामना दिएको छ ।

वैठकले काठमाण्डौंमा सम्पन्न आठौं विश्वसम्मेलनमा एनआरएन यूकेको तर्फबाट सहभागि प्रतिनिधीहरुलाई धन्यवाद समेत ज्ञापन गरेको थियो । बैठक योग कुमार फगामीको अध्यक्षतामा बसेको थियो भने संचालन महामन्त्री राजकुमार त्रिपाठीले गरेका थिए ।

23315876_1990185304331052_233073724_n 23314232_1990185284331054_441932833_o