१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चारकिलो गाँजासहित युवक पक्राउ

sarusaru
२० कार्तिक २०७४, सोमबार ०५:३२

लहान, कात्तिक २० गते । प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका–३ निवासी ३८ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।

आइतबार साँझ यादवलाई चेक गर्दा साइकलको पछाडि झोलामा प्लाष्टिकले बेरी ल्याएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

– गोरखापत्र अनलाइनबाट