१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फेरि अर्को दुर्घटना ः ४ जनाको मृत्यु

sarusaru
२० कार्तिक २०७४, सोमबार ०५:४२

सिन्धुली, २० कात्तिक । जिल्लाको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा आइतबार राति बोलेरो जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गबाट ग्रामीण सडक हुँदै गन्तव्यतर्फ जादै गरेको बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना हुँदा फिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको हो । उनीहरु भूकम्पको किस्ता रकम बुझेर घरतर्फ फर्कंदै थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको राजधानीस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ । सोही ठाउका चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाइ दिएको बयान अनुसार उकालोमा मोड नपुगेर व्याक गर्दा ब्रेकफेल भई जिप सडकबाट तल खसेको थियो ।