१५ चैत्र २०८०, बिहीबार
Follow Us

समाजसेवी गुरुङद्वारा प्रवेशद्वार निर्माण

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७४, सोमबार ०७:००

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका- ६ स्वाँरामा एक समाजसेवीले प्रवेशद्वार निर्माण गर्नुभएको छ । मुसिकोट नगरपालिका–६ स्वाँरा निवासी हाल रोजगारीको सिलसिलामा हङ्कङमा कार्यरत रहँदै आउनुभएका ताराबहादुर गुरुङ र श्रीमती मनकुमारी गुरुङले आफ्नी स्व माता नरमाया गुरुङ र स्व सासू सीता र ससूरा चन्द्रबहादुर गुरुङको स्मृतिमा रु एक लाख १४ हजारको लागतमा स्वाँराको गुरुङ समुदायको संस्कृति तथा पर्यटन भवनको परिसरमा प्रवेशद्वार बनाइदिनुभएको स्वाँरा गुरुङ होमस्टे (घरबास) सञ्चालक समितिका सचिव जीतबहादुर गुरुङले जानकारी दिनुभयो ।
समाजसेवी गुरुङले समाजका विभिन्न क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आउनुभएको सहयोगी गुरुङका भाइ लालबहादुर गुरुङले जानकारी दिनुभयो ।