१५ चैत्र २०८०, बिहीबार
Follow Us

पुलचोक वचत तथा ऋण सहकारीको साधरणसभा सम्पन्न

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७४, सोमबार १३:४७

चितवन । नारायणगढमा रहेको पुल्चोक बचत तथा ऋण सहकारी संस्थाको सोमबार पाँचौं वार्षिक साधरणसभा सम्पन्न भयो । भरतपुर–४ लंकुमा भएको साधरणसभाको उद्घाटन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका निमित्त प्राचार्य रामभक्त रानाभाटले गरे । सहकारी ऐन आइसकेकोले अवका दिनमा सहकारीलाई काम गर्न सहज हुने रानाभाटले बताए । उनले भने, ‘व्यवसायका साथसाथै दैनिक कार्य सञ्चालनमा पनि सहकारीको भुमिका उल्लेखनीय रहन्छ । सहकारीसँग सम्बन्धित विभिन्न तालिमका लागि सहकारी डिभिजन सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका सहसचिव केशवप्रसाद रेग्मीले पछिल्लो समयमा छोरीको भ्रुण हत्याका घटना चितवनमा बढ्न थालेको भन्दै सहकारीले सामाजिक सरोकारका विषयमा पनि अभियान थाल्नुपर्ने विचार राखे । कार्यक्रममा सहकारीका सल्लाहकार अधिकारकर्मी मीना खरेल, पत्रकार महासंघका केन्द्रीय सदस्य सीर्जना अर्याल, प्राइम बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष मदन खरेल, सहकारी पूर्वअध्यक्ष उषा खरेल सुवेदीलगाएतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा सहकारीकी निमित्त सचिव रुमी श्रेष्ठ आमात्यले १ करोड ५४ लाख ९२ हजार २ सय ४२ बराबरको प्रगति एवम प्रस्तावित प्रतिबेदन पेश गरिन् । यस्तै संस्थाकी कोषाध्यक्ष अनु भट्टराईले १ करोड ७८ लाख ५० हजार बरावरको आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । लेखा समिति संयोजक मीना श्रेष्ठले र ऋण उपसमिति संयोजक रेनु श्रेष्ठले समेत लेखा तथा ऋणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
pul

संस्थाकी अध्यक्ष सावित्री पौडेल (पुजा)को अध्यक्षतामा भएको सो कार्यक्रममा सहकारीका विभिन्न विधामा उत्कृष्ट ६ जना सेयर सदस्यलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट नियमित वचतकर्ता तुलसीराम रिमाल, उत्कृष्ट बचतकर्ता क्षेत्रबहादुर केसी, उत्कृष्ट कारोवारी खगेन्द्र भण्डारी र उत्कृष्ट कर्मचारीमा अमृता थापालाई कदरपत्रसहित सम्मान गरिएको हो ।
पाँचौं साधरणसभाबाट सहकारी सञ्चालक समितिको रिक्त सचिव पदमा सेयर सदस्य मेनका काप्री चापागाईलाई चयन समेत गरेको छ ।
यस्तै सहकारीले सेयर सदस्यका छोरी सेजल पन्तलाई एसइइमा उत्कृष्ट अंक ल्याएको भन्दै सम्मान गरेको छ । चितवनमा रहेको ७ सय ६ सहकारीमध्ये पुलचोक बचत तथा ऋण सहकारी उत्कृष्ट सहकारी हुन सफल भएको भन्दै सो सहकारीका अध्यक्ष पौडेलले सहकारीलाई नेपालकै नमुना बनाउन लागि पर्ने बताइन् ।
सहकारीमार्फत स्वास्थ्य शिविर, अभिमुखिकरण तथा नेतृत्व विकास तालिम, अवलोकन भ्रमणजस्ता कार्यक्रम गर्ने सचिव मेनका चापागाइँले बताइन् । सो कार्यक्रममा डा. विएम खरेल, सल्लाकार हेमराज पौडेल, बोधराज पौडेल, फेन्सी व्यवसाही संघका माधव अधिकारीलगायत सेयर सदस्य कार्यक्रममा सहभागिता थियो ।
महिलामात्रले सञ्चालन गरेको सो सहकारीमा ४ सय १६ जना सेयर सदस्य रहेका छन् । १ सय रुपैयाँ बचत गरी २०७० सालमा ३१ जनाबाट सहकारीको स्थापना भएको साधारणसभामा जानकारी दिइयो ।
20171106_123405