१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ग्वानीमा जीप दुर्घटना ः ६ जना घाइते

sarusaru
२१ कार्तिक २०७४, मंगलवार ०७:२३

दार्चुलाकोे मालिकार्जुन गाउँपालिका ८ पस्तीबाट महेन्द्रनगर जाँदै गरेको जीप दुर्घटना भएको छ । पस्तीबाट बुकिङमा महेन्द्रनगरका लागी हिडेको से १ ज २९६ नम्बरको महाकाली यातायतको जीप ग्वानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ६ जना घाईते भएका छन् । घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको परिचय खुल्न सकेको छैन् । जीपमा जम्मा ६ जना पुरुष र ४ महिला तथा चालक गरी जम्मा १२ जना सवार रहेको बताईएको छ ।
शैल्यशिखर नगरपालिका ६ ग्वानीमा ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 – टिभि अन्नपूर्णबाट ।