१५ चैत्र २०८०, बिहीबार
Follow Us

एक लाख घुससहित गौर अस्पतालका झा समातिए

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७४, मंगलवार ०९:०१

रौतहट । हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले गौर अस्पतालका कर्मचारी प्रवीणकुमार झालाई मंगलबार घुससहित पक्राउ गरेको छ । गौर अस्पतालको स्तरोन्नतिसम्बन्धी कामको बिल भुक्तानीकाक्रममा ठेकदारबाट एक लाख रुपैयाँ घुस लिँदैगर्दा इमरजेन्सी शाखाका हेल्थ असिस्टेन्ट इन्चार्जसमेत रहेका झालाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो ।
कोरियाली सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा गौर अस्पतालको स्तरोन्नतिको काम जिम्मा लिएका रामप्रताप यादवबाट झाले आफ्नै कार्यकक्षमा घुस लिँदैगर्दा प्रहरी नायब उपरीक्षक महेन्द्र खडकाको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।