१५ बैशाख २०८१, शनिबार
Follow Us

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डको अध्यक्षमा शिव खराल

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७४, मंगलवार २०:४१

लन्डन । बेलायतको वेष्ट मिडल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था हाम्रो नेपाली समाजमा नयाँ कार्यसमिती चयन भएको छ ।

सोमबार सम्पन्न सस्थाको अधिवेसनले शिव खरालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा श्रीमती गोमा पौडेल, महासचिवमा डा कृष्ण सापकोटा , सचिवमा भिम शर्मा , कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा तेज खत्री छानिएका छन ।
कार्यसमिति सदस्यहरूमा इन्द्र रिजाल, ज्योती भट्टराई , श्रीराम कार्की, रिता भन्डारी, रिमा सापकोटा, लिला खत्री, कमल आचार्य, भरत खत्री, गिता दुवाडी, कृष्न खत्री र सागर गैरेलाई चयन गरिएको छ । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।
23364952_10154969084503639_1691644034_n
संस्थाको सल्लाहकारमा बिन्दु सापकोटा, गुरुप्रसाद भन्डारी, मिलन सापकोटा , राम भट्टराई , महेन्द्र थापा ,अानन्द पौडेल, ईश्वर सापकोटा, विविष्णु लामिछने, कुमार पान्डे, नवराज नेउपाने, लक्ष्मी सुवेदी, लक्ष्मी खराल , नगेन्द्र खड्क , सुरेश भन्डारी र नारायण कन्डेल राम भट्टराई , रामप्रसाद भट्टराई लगायतलाई मनोनित गरिएको छ । यस्तै साँस्कृतिक बिभागको जिम्मेवारी सरु आचार्य र स्वइच्छा भण्डारीलाई सुम्पिएको छ ।

यस अघि राम भट्टराईको सन्योजकत्वमा मिलन सापकोटा र गुरु भन्डारी सदस्य रहेको निर्वाचन समितिले कार्यसमिती चयनको प्रकृया सन्चालन गरेको थियो । सन्स्थाका निवर्तमान अध्यक्ष कृष्ण शर्माको अध्यक्षतामा अधिवेसन सम्पन्न भएको थियो ।