१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गजल

sarusaru
२२ कार्तिक २०७४, बुधबार ०३:०७

नकमाउँदा उसले धन हेला नगर्नू
फेरि उसकै छ ठूलो मन हेला नगर्नू ।

गगनचुम्बी महलमा बस्न नसकेनि
देशकै लागि होम्छ जीवन हेला नगर्नू ।

पसिनाको कमाइले सन्तुष्ट भएसि
चाहिन्न कुनै आलिसन हेला नगर्नू ।

खोरियामा सुन फलाउन पसिना पोख्नेले
चिन्या हुन्छ आफन्तजन हेला नगर्नू ।

इज्जत कहिल्यै बेच्दैन पसिना बेचेनि
आखिर बिर्सिँदैन आफ्नोपन हेला नगर्नू ।

ठेला उठाई चट्टान फोर्ने कर्म भएपनि
उसकै मुटु कोमल छ झन् हेला नगर्नू ।

घन घोटी घोटीकन बञ्चरो बनाउने
उसका ठूल्ठूला सपना छन् हेला नगर्नू ।