१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारतमा भाइरल बनेको भिडियो यस्तो थियो

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७४, बुधबार १२:०१

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि (सो भिडियो धेरैले हेरेपछि) त्यसको छानबिनका लागि सरकारले छानबीन समिति गठन गरेको छ ।
करिब महिना दिन अघि भारतको चेन्नइबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रुलाई विमानस्थल मै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुव्र्यबहार गरेका थिए ।
मङ्गलबार सार्वजनिक भएको सो भिडियोमा एकजना यात्रुलाई विमान अवतरण गरेपछि बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालेका छन् ।
उक्त दुव्र्यबहारसम्बन्धी भिडियो मङ्गलबार मात्र सार्वजनिक भएको थियो । उक्त भिडियो मङ्गलबार नै भारतका करोडौँ नागरिकले हेरिसकेका छन् ।
उक्त भिडियो भाइरल भएपछि उक्त एयरलाइन्सले भने सार्वजनिकरुपमा नै माफी मागेको छ । तर सर्वसाधारण यात्रुमाथि गरिएको सो दुव्र्यबहारप्रति देशव्यापीरुपमा बढेको आक्रोस अझै मत्थर भने भएको छैन ।
उक्त घटनाको छानबीन गर्न बुधबार बिहानै एक छानबीन समिति गठन गरिएको जानकारी भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले दिनुभएको छ ।
भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा सो समिति गठन गरिएको छ । उनलाई उक्त घटनाको सत्यतथ्य छानबीन गरी सरकारलाई प्रतिवेदन दिन भनिएको छ ।
मन्त्री गजापतिले भन्नुभएको छ– एयरलाइन्सजस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रुमा गरिएको यो व्यबहार निन्दनीय छ, दोषीमाथि कारबाही हुन्छ हामीले यस घटनाको छानबीन सुरु गरिसकेका छौँ ।
भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले मङ्गलबार साँझ नै सो सम्बन्धी छानबीनका लागि समिति गठन गर्ने जानकारी दिनुभएको थियो ।
उनलाई भौतिकरुपमा लछारपखार पार्नुको साथै गाली गलौज पनि गरिएको सार्वजनिक भएको सो भिडियाको फुटेजहरुमा देखिन्छ ।