१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अमेरिकमा हुने एनआरएन सम्मेलनमा पूर्वसभामुख नेग्वाङ मुख्य अतिथि

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७३, मंगलवार १८:३८

अमेरिकाको न्युजर्सीमा सम्पन्न हुन लागेको गैर आवासीय नेपाली संघ -एनआरएनए_ को नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले बताएको छ । अगस्ट २७ र २८ तारिख सम्पन्न हुने संघको उक्त सम्मेलनलाई “भिजन २०–२० एण्ड बियोण्ड” नारासहित बिशेष रुपमा आयोजना गर्न लागिएको हो । सम्मेलन न्युजर्सीको नेवार्क विमानस्थल नजिकैको डब्बल ट्रि, हिल्टन होटेलमा सम्पन्न हुन लागेको हो ।

नवौं क्षेत्रिय सम्मेलनमा नेपालबाट परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमण्त्रण गर्ने कार्यक्रम रहेको भएपनि बदलिदो राजनीतिक परिवर्तनकै कारण हालसम्म निश्चित नभईसकेको आयोजकले बताएको छ । यसैगरी उक्त सम्मेलनमा पुर्व सभामुख सुवास चन्द्र नेम्बाङ बिशेष अतिथिको रुपमा आउने निश्चित भई सकेको छ ।

उपाध्यक्ष कुमार पन्त, भवन भट्ट, महासचिब डा बद्रि केसी लगायत प्रायः सबै केन्द्रीय पदाधिकारीको उपस्थित रहने सो सम्मेलनमा अमेरिकाका बिभिन्न राज्यका कंग्रेसम्यान एवं सिनेटरहरुलाई सहभागिताको लागि आमण्त्रण गरि सकिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । यसैगरी कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घले, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँगै नेपाली बिलिनियर बिनोद चौधरीलगायतका अन्य बिभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती रहने छ ।

सम्मेलनकै विषयमा जानकारी दिने उद्देश्यले गत शनिबार न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । पत्रकार भेटघाटमा बोल्दै नवौं क्षेत्रिय सम्मेलनका संयोजक एवं एनआरएन अमेरिकाजका क्षेत्रिय संयोजक सोनाम लामाले नवौं क्षेत्रिय सम्मेलन अमेरिकाबासी नेपालीहरुको प्रतिष्ठासँग जोडिएको कार्यक्रम भएको कारण पनि सम्पूर्ण अमेरिकाबासी नेपालीहरुलाई सहभागिता र सहयोगको अपेक्षा राखेको बताए । कार्यक्रममा क्षेत्रीय संयोजक सोनाम लामासँगै एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल एवं महासचिव तीलक श्रेष्ठले सहभागी पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए ।

आसन्न क्षेत्रिय सम्मेलन “भिजन २०–२० एण्ड बियोण्ड” भन्ने मूल नारासहित बिशेष रुपमा आयोजना हुन लागेको हो । संघका संरक्षक, सल्लाहकार एवं बिभिन्न ७३ देशका एनआरएन पदाधिकारीहरुको बाक्लो उपस्थिती रहने उक्त कार्यक्रमलाई भव्य एवं सभ्य रुपमा आयोजना गर्नको लागि सोनाम लामाको संयोजकत्वमा १४ सदस्यीय आयोजक समिति र बीस सदस्यीय उप–समितिको गठन गरिएको छ ।

सम्मेलनको लागि १० हजार, ७ हजार पाँच सय, ५ हजार, ३ हजार र १ हजारमा क्रमसः इभेन्ट पार्टनर, प्लाटिनियम, गोल्ड, सिल्भर र सर्पोटरको रुपमा प्रायोजन गर्न सकिने ब्यावस्था गरिएको छ ।
हाल सम्म कार्यक्रमको लागि १ लाख ९५ हजारको हाराहारीमा आर्थिक संकलन (कबुल रकम) भईसकेको आयोजकले बताएको छ ।
– प्रेस चौतारी