१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतका राजकुमार चाल्र्स भारत भ्रमणमा

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७४, बिहीबार ०५:४१

नयाँदिल्ली । बेलायतका राजकुमार चाल्र्स र उहाँकी श्रीमती कामिला पार्कर बोल्स बुधबार भारत आइपुग्नु भएको छ । दुईदिने भ्रमणका लागि उहाँहरू भारतको राजधानी नयाँदिल्ली आइपुग्नु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । बेलायती राजकुमार दम्पत्तीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्ताका क्रममा उहाँहरूका बीचमा दुईपक्षीय सम्बन्ध अझ सुदृढ पार्ने विषयमा छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ । सिंगापुर, ब्रुनाई, मलेसिया र भारत गरी चार देशको भ्रमण गर्ने क्रममा उहाँहरू भारत आइपुग्नु भएको हो ।
बेलायतमा धेरै लगानी गर्ने देशहरूमध्ये भारत तेस्रो स्थानमा पर्दछ भने वैदेशिक रोजगारी बढी सिर्जना गरिदिने देशहरूमध्ये भारत दोस्रो स्थानमा पर्दछ ।