१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गायक अनिश पाण्डेको मेरो नेपालको भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७४, बिहीबार १०:००

लण्डन। लामो समयदेखि बेलायतमा बस्दै आएका गायक अनिश पाण्डेले राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । यसअघि मनदेखि मन बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक पाण्डेले बधवार देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीतको भिडियो सार्वजानिक गरेका हुन् ।

सार्वजनिक राष्ट्रिय गीतको महिमा वर्णन गर्दै गायक पाण्डेले बिदेशमा बस्दा होस् वा स्वदेशमा बस्दा होस् देश हाम्रो हो , आमा हाम्री हुन्, आमाको माया जहाँ गए पनि बराबरी, नजिक होस् वा टाढा शब्दमा उतारेका छन् ।

गीतकार भानु भट्टराईको शब्द रहेको गीतमा गायक स्वयमको संगीत रहेको छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् ।

बेलायतमा नै रेर्कड गरिएको गीतले देश वर्तमान परिपक्षलाई मुख्य रुपमा उठाउन खोजेको गायक पाण्डे बताए । पाण्डेले गीतले युवाहरु मिलेर देश बनाउनुपर्छ र सबै मिलेर यो साझा फुलबारीलाई मायाको न्यानो पन दिनु पर्ने बताए ।