१५ बैशाख २०८१, शनिबार
Follow Us

त्रिपुरेश्वरको मोटरसाइकल वर्कसपमा आगलागी ः एकको मृत्यु एक गम्भीर घाइते

sarusaru
२४ कार्तिक २०७४, शुक्रबार ०२:२७

काठमाडौं, २४ कात्तिक । काठमाडौंको त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोर सँगै रहेको एक मोटर ग्यारेजमा बिहीबर साँझ आगलागी भएको छ । सोही ग्यारेजमा काम गर्ने कामदार एकजनाको मृत्यु भएको हो भने एकजना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।
आगलागीमा मृत्यु हुनेको सनाखत भएको छैन । आगलागीको कारण पनि खुल्न सकेको छैन ।
आगो तत्कालै नियन्त्रण भइसकेको थियो ।आगो नियन्त्रण काठमाडौं महानगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको वारुणयन्त्र ले गरेका थिए ।