१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गौचन हत्याका हत्यारा पत्ता नलाग्दा आक्रोसित आफन्त

sarusaru
२४ कार्तिक २०७४, शुक्रबार ०३:००

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको बिहीबार एक महिना पुगेको छ ।

तर, केही दिनभित्रै अपराधी पक्राउ गर्ने दाबी गरेको प्रहरीले अझै पनि हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

अहिले मृतकका आफन्त तथा निर्माण व्यवसायीहरू हत्यारा पत्ता लाग्न नसकेको भन्दै आक्रोशित छन् । महिना बितिसक्दासमेत प्रहरी अनुसन्धानबाट कुनै उपलब्धि हासिल हुन नसकेको उनीहरूको आरोप छ ।

२३ असोजमा घरबाट कार्यालय जाने क्रममा बानेश्वर, शान्तिनगरमा गाडीभित्र रहेका गौचनमाथि गोली प्रहार भएको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो ।

१ महिनामा प्रहरीले के गर्‍यो ?
घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयका डिआइजी केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा विशेष ब्युरो, सिआइबी, अपराध महाशाखाका तथा महानगरीय प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू छन् ।

अनुसन्धान सुरु भएको एक साताभित्र प्रहरीले घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल बरामद गरेको थियो । बरामद गरिएको एउटा पल्सर र एउटा साइन ब्रान्डको मोटरसाइकलमध्ये एउटा मोटसाइकल चोरीको थियो । अर्काे मोटरसाइकल एक वर्कसपको नाममा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

– नयाँ पत्रिकाबाट ।