८ बैशाख २०८१, शनिबार
Follow Us

मंगलग्रहमा जान २६ सय नेपालीको निवेदन

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७४, शुक्रबार ०५:०२

काठमाडौं । मंगल ग्रह जानका लागि २ हजार ६ सयभन्दा बढी नेपालीले अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) मा निवेदन दिएका छन् । नासाले सन् २०१८ को मे ५ तारिखका दिन मंगलग्रह जाने यात्रुका लागि टिकट बिक्री खुला गरेको थियो । २ हजार ६ सयभन्दा बढी नेपालीले मंगल ग्रहको टिकट पाउँ भन्दै निवेदन नाशामा दिएका हुन्, एपी समाचार संस्थाका अनुसार २०१८ को मे ५ तारिखमा छुट्ने मंगलग्रह यान नोभेम्बर २६ तारिखका दिन मंगलग्रहमा पुग्नेछ ।
यो अभियानका लागि २४ लाख २९ हजार ८ सय ७ जनाले विश्वभरिबाट निवेदन दिएका छन् । यीमध्ये अमेरिकाबाट सबैभन्दा बढी ६ लाख ७६ हजार ७ सय ७३, चीनबाट २ लाख ६२ हजार ७ सय ५२ र भारतबाट १ लाख ३८ हजार ८ सय ९९ जनाको आवेदन परेको छ ।
नाशाको इनसाइड अभियानअन्तर्गतको यो कार्यक्रमबाट ग्रहको निर्माण कसरी भयो भन्ने कुरा अध्ययन गरिनेछ । उक्त यानको बोडिङ पास अनलाइनबाटै प्राप्त हुने नाशाले जनाएको छ । उक्त यानले टिकट बुकिङ गरेका व्यक्तिको माइक्रोचिप मात्र लिएर जानेछ ।