१५ चैत्र २०८०, बिहीबार
Follow Us

कति छन् साउदी अदालतले मृत्युदण्ड तोकेका नेपाली

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७३, बुधबार ०६:१२

काठमाडौं– नेपाली साझा मञ्चले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउदी जेलमा सात जना नेपाली ब्लड मनी तिर्न नसकेर मृत्यु कुरेर बसेरहेका छन् । पछिल्लो पटक काभे्र कुशादेबी–२, घिमिरेगाउँका रामचन्द्र तिमल्सिनालाई एक पाकिस्तानीको ज्यान लिएको अभियोगमा झण्डै ९० लाख रुपैयाँ ब्लड मनी अदालतले मागेको छ ।
रामचन्द्र त्यहाँको हायल सेन्ट्रल जेलमा १५ महिनादेखि थुनिएका हुन् । उनलाई ट्रक चलाउँदा दुर्घटना गराएर मानिस मारेको अभियोगमा ३ लाख साउदी रियाल (करिब ९० लाख नेरु) ब्लड मनी माग गरिएको छ । ‘जबिराहहायल सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड सकेर कम्पनीकै पार्किङमा राखेको मेरो ट्रकमा पाकिस्तानीहरु चढेर आएको कार ठोक्किएको थियो ।
त्यसमा एक जनाको मृत्यु भयो । पार्किङ एरियामा उनीहरुको जमात धेरै थियो । मेरो ट्रकमा रक्सीको बोतल राखिदिए छन् । रक्सी खाएर ट्रक चलाएको भन्दै पक्राउ गराए’, रामचन्द्रले भनेका छन् । उनको दाबी अनुसार जीवनको उनले रक्सी कहिल्यै मुखमा हालेका छैन ।
तिमल्सिनालाई बचाउ अभियान सञ्चालन गर्ने क्रममा नेपाली साझा मञ्चले साउदी जेलमा कति नेपाली छन् भन्ने खोज सुरु गरेको थियो । नेपाली साझा मञ्चले फेसबुकमार्फत् अभियान चलाएरपछि साउदी जेलमा थप सात जना ब्लड मनी तिर्न नसकेर जेल जीवन बिताइरहेको भेटिएको छ ।

सवारी दुर्घटनाका कारण साउदी अरबका जेल रहेका नेपालीहरु
१. नामः सुरेश मण्डल
जेलः अलहासा, जेल बसेको समायावधि ६ वर्ष ६ महिना
मुद्दाको अवस्थाः ब्लडमनि ५ लाख टाका (६ लाख ८० हजार रुपैयाँ) मांग गरेको जिल्लाः थाहा हुन नसकेको

२. नामः संजिवकुमार यादव
जेलः अलहासा, जेल बसेको समयावधि साढे दुई वर्ष
मुद्दाको अवस्थाः ब्लडमनि ९७ हजार ७ सय साउदी रियाल (२७ लाख ८५ हजार ४ सय २७ रुपैयाँ) मांग गरेको
जिल्लाः धनुषा, पुष्पवलपुर– १ रतनपुर

३. नामः विष्णुहरि पाण्डे
जेलः रियादस्थित मलालजेल, जेल बसेको समयावधि तीन वर्ष बढी
मुद्दाको अवस्थाः तीन लाख साउदी रियाल (८५लाख ५३ हजार रुपैयाँ)मांग गरेको
जिल्लाः सर्लाही, कर्मैया ५

४.नामः भिमबहादुर दाहाल
जेलः वादी अल दवासिरस्थित कविर सिजन,जेल बसेको समयावधि चार वर्ष बढी
मुद्दाको अवस्थाः ढिसमिस
नेपालमा सम्पर्कः मेघराज दाहाल (दाइ) ९८४२३६९७०७
जिल्लाः मोरंग, बेलबारी ८

५. नामः मदन पंधाक लिम्बू
जेलः वादी अल दवासिरस्थित कविर सिजन, जेलबसेको समयावधि एक वर्ष ९ महिना
मुद्दाको अवस्थाः थाहा नभएको
नेपालमा सम्पर्कः तेजबहादुर लिम्बू (पिता) ९८१६०२९६४९
जिल्लाः झापा, बुधबारे ६

६. नामः धनबहादुर थापा मगर
जेलः ताईफस्थित जेल, जेल बसेको समयावधि एक वर्ष ३ महिना
मुद्दाको अवस्थाः मांग गरेको तीन लाख साउदी रियाल (८५लाख ५३ हजार रुपैयाँ) नेपालमा सम्पर्कः युकुमारी (श्रीमती) ९८१९१४२५१७
जिल्लाः तनहुँ दुलेगौडा हलेसी ३

७. नामः रामचन्द्र तिमिल्सिना
जेलः ताईफस्थित, जेल बसेको समयावधि एक वर्ष ३ महिना
मुद्दाको अवस्थाः एक लाख बिस हजार साउदी रियाल(३४लाख २१ हजार २ सय रुपैयाँ)
नेपालमा सम्पर्कः सरिता तिमिल्सिना (श्रीमती) ९८४३८७८९८८
जिल्लाः काभ्रे कुशादेवी २ घिमिरे गाऊ