April 3, 2020

नेपालमा समाजवाद र लोकतन्त्र

  10th November 2017 मा प्रकाशित

शोभाकर पराजुली
विवेकशील विचार र राजनीतिको लागि तथा समाज विकासको लागि शिक्षा नै उर्जा हो । समाजलाई आँखा देखाउने शिक्षालाई सकारात्मक रुपमा प्रयोग गर्नको लागि पनि हामीले राजनीतिलाई आत्मसात्् गर्नपर्ने आवश्यकता आएको छ । शिक्षा आर्जन र त्यसको प्रयोग समाजमा हुनेतर्फ ध्यान दिएर राजनीतिलाई बुझ्न सकिएन भने हाम्रो शिक्षा जनताको हितमा नहुन सक्दछ । त्यसैले सकारात्मक र देशलाई दुर्गतिबाट बचाउनको लागि काम गर्दा राजनीतिले नै सहयोग गर्दछ भने हामीले राजनीतिलाई आत्मसात्् गर्नु आवश्यक छ ।
मानव समाजको परिवर्तनशीलता मात्र होइन सम्पूर्ण जगतको परिवर्तन स्वभाविक भएको र परिवर्तन विकासको द्योतक भएको तथ्य हाम्रा अनुभवहरू र इतिहासले नै देखाएका छन् । त्यसो त परिवर्तनलाई सकारात्मक तरिकाले प्रयोग गर्न नसक्दा दुखद परिणामहरु पनि देखिएका छन् । वास्तवमा परिवर्तन समाज विकासको स्वभाविक प्रक्रिया हो भन्ने निष्कर्षमा हामी पुग्न सक्दछांै । यो प्रक्रियालाई स्वभाविक रुपमा अगाडि बढाएर नै मानव समाजलाई विकसित बनाउँदै लग्न सकिने हुन्छ । सकारात्मक परिवर्तनले वा विकास र जनताको हितमा आधारित एवं सौहार्दतामा आधारित परिवर्तनले नै समाजलाई अग्रगामी पथमा लगेको हुन्छ । समाजमा कुनै पनि विचार आउनु स्वभाविक हो किनभने समाज परिवर्तनको क्रममा एउटा विचारको औचित्य समाप्त भएपछि वा त्यसलाई परिष्कृत गर्नु पर्ने भएपछि नयाँ विचार आएको हुन्छ, त्यसको औचित्य माथि छलफल गरिन्छ र समाजका लागि कति उपयोगी हुन्छ भन्ने विषयमा चिन्तन हुन्छ र हुनु पर्दछ । त्यसमा परिमार्जन आवश्यक परेमा त्यसलाई समेटेर उपयुक्त निचोड निकाल्न सकिन्छ । समयको विकाससँगै निचोडमा पुनः नयाँ परिवेश अनुसार पुनः त्यसमा विचार विमर्श र नयाँ निचोड निकाल्ने र त्यसलाई लागू गर्ने कार्य हुन्छ र यसलाई स्वभाविक प्रक्रिया मानिन्छ । यही आधारमा नै समाजको स्वभाविक विकास भएको हुन्छ । यो क्रम समाजका विभिन्न विषयहरूमा लागू हुँदै अगाडि बढ्ने गर्दछ । विज्ञानका केही विषयहरू अपरिवर्तनीय लागे पनि तिनमा पनि बढी उपयुक्तताको छनौट हुने गरेको पाइन्छ । सबै प्रकारका समाजमा प्रयोग भएका र समाजको लागि आवश्यक भएका विषयहरूमा समय समयमा कसी लगाउने र अझ उन्नत विचारलाई समेट्ने क्रमलाई स्वभाविक रुपमा लिन सक्नु अग्रगमनको मुख्य सर्त हो । अग्रगमन परिवर्तन मात्र होइन बरु यो त जनताको हितलाई अझ बढी प्रतिनिधित्व गर्ने सोच र व्यवहार हो र हुनु पर्दछ । लोकतन्त्र र समाजवादको प्रेरणा स्रोत पनि यही हो ।
काम लाग्ने र कतिपय अवस्थामा कामै नलाग्ने हुन जान्छन् । त्यसलाई विवेकको आँखाले नहेर्दा थाहा नहुन सक्दछ । कहिलेकाँही त त्यसलाई अँगालेको भनिरहँदा पनि दुरुपयोग गरिएको हुन्छ ।
मानव विकासको क्रममा समानता र विकासका लागि धेरै प्रयास भए र कतिपय लागू भए अनि सफल पनि भए । कति त कुनै समयमा उपयुक्त मानिएर पनि पछि समयको आवश्यकता साथै परिमार्जित हुँदै नयाँ स्वरुपमा आए । उदाहरणको लागि काठको गाडाको प्रचलन धेरै शताब्दी पहिलादेखि चलेको हो । त्यसको ठाउँमा टायर गाडा, ट्रयाक्टर, ट्रक आदिले लिए । पुराना बस्तुको प्रयोग कम हुँदै गएको छ । तर ट्रक, बस आदिको प्रयोगको जननी काठको पाँग्रा भएको गाडा पनि हो । अतीतका विकासलाई ध्वंस नगरिकन नै हामी स्वभाविक तरिकाले नयाँ परिवेशमा पुग्न सक्दछौंं । विकासमा जस्तै राजनीतिमा पनि यो नियम लागू हुन सक्दछ । विकास र राजनीतिको समायोजन र क्रमिक सौहार्दताको परिवेशले गर्दा मानव समाज यो अवस्थामा आईपुगेको हो । तर कुनै समयको क्रान्तिकारी विचारले संस्कृति र विकल्परहित रुप लिन पुग्यो भने त्यसले निश्चित समयपछि विकास र समानताको अर्थ दिंदैन । धर्महरूले कुनै समयमा क्रान्तिकारी कार्य गरे तर त्यसलाई स्वभाविक परिवर्तनको खाकामा नराख्नाले पछि ती विकासका वाधक र समानताका वाधक पनि बन्न पुगे । हरेक नयाँ विचार पहिलाको विचारको गर्भबाट निस्केको हो भन्ने हामीले बुझ्न सक्नु पर्दछ । तर यो तथ्यलाई नसोचेर कुनै समयको क्रान्तिकारी विचारलाई नयाँ विचारसँग तुलना बिना नै र वाद, प्रतिवाद र संवादको स्वभाविक प्रक्रियालाई अस्वीकार गर्दै संयन्त्रको स्वभाविक अंग नबनाई राजनीतिलाई वा विचारलाई अगाडि बढाइयो भने त्यसले प्रतिक्रान्तिलाई नै साथ दिइरहेको हुन्न्छ । मानव शरीरको विकास क्रममा मस्तिष्कको विकास सानो उमेरमा रोकियो भने सबैलाई थाहा हुन्छ तर एउटा निश्चित उमेर कटेपछि रोकिएमा त्यसको पहिचान हुन गाह्रो हुन्छ भनिन्छ । निश्चित समयमा विकासका लागि अपरिहार्य विचारहरू पनि विकासको क्रममा पुराना, केही मात्र समाज विकास क्रममा परिवर्तनको भूमिका धर्मले पनि लिएको पाइन्छ । धर्मको क्रान्तिकारी स्वभावलाई समय अनुसार परिवर्तन गर्न नसकिंदा यो परम्परामा परिणत हुन पुगेको थियो । त्यति मात्र होइन, राजनीतिक विचारहरू पनि कुनै परिवेशमा स्थापित भएका हुन्छन्, पछि समयको गति अनुसार अग्रगामी हुन नसक्दा वा त्यस्तो प्रविधि नहुँदा ती विचारहरू परम्परावादी हुन पुग्दछन् । विशेषत साम्यवादी विचारले समाज परिवर्तनको नियमलाई सिद्धान्ततः स्वीकार गरेको भनिए पनि बहुविचार, फरक विचार र विकसित विचारलाई प्रवेश दिने संयन्त्रको अभावमा त्यो विचारले पनि परम्परावादी रुप धारण गरेको देखिन्छ । धर्मको कुनै समयको क्रान्तिकारितालाई समय अनुसार बदल्न नसक्नेहरुले धर्मलाई दुरुपयोग गरे जस्तै साम्यवादी खेमामा फरक विचारहरूलाई संसोधनवादी, जडसूत्रवादी आदि आरोप लाग्ने गर्दछन् । साम्यवादी राजनीतिक धारले अहिलेसम्म राजनीतिक सत्ता जनताको सेवक होइन बरु जनताको मालिकको हैसियत राख्ने गरेको उनीहरूको राजनीतिको मूलधारले देखाएको छ ।
लोकतान्त्रिक मान्यतामा आधारित राजनीतिक विचारले राजनीतिक दलको हैसियत जनताको सेवक भएकोमा विश्वास राख्दछ । कुन विचार कस्तो भन्ने निष्कर्ष निकाल्ने अधिकार जनतालाई नै दिइएको हुन्छ । खुला प्रतिष्पर्धाका कारण जनताले राम्रो र नराम्रो वा अझ राम्रो विचारको पारख गर्ने र समय समयमा चुनावको माध्यमद्वारा राजनीतिक दलहरूलाई पुरस्कृत, दण्डित र पारख गर्ने कार्य गर्दछन् । लोकतन्त्रमा नयाँ विचार र परिवर्तनको लागि स्वभाविक सँयन्त्र तयार भइरहेको हुन्छ । कहिल्यै पनि नयाँ विचारलाई शान्तिपूर्ण उपायबाट जनतालाई विश्वासमा लिएर आउन चाहन्छ भने त्यसलाई अस्वीकार गरिदंैन बरु लोकतन्त्रमा स्वागत नै हुन पुगेको हुन्छ । जनताको हित गर्नु र सबै जनताको आवश्यकता पूरा गर्नु राजनीतिक दलको कर्तब्य हो र यो विकास र मेलमिलापको माध्यमद्वारा संभव हुन्छ भन्ने तथ्यलाई स्वीकार र आत्मसात् गरेको दलले वा वर्गले वा समाजले लोकतन्त्रलाई नै समाज परिवर्तनको प्रमुख मार्ग हो भन्ने तथ्यलाई आत्मसात्् प्राप्त गरेको हुन्छ । समाज परिवर्तनको नियमलाई आत्मसात्् गरेको विचार र समाज भनेको नै लोकतान्त्रिक परिपाटीलाई आत्मसात्् गरेको विचार र समाज हो । यो तथ्यलाई हामीले बुझ्न र आत्मसात्् गर्न सक्यांै भने मात्र समाज विकास क्रमलाई स्वीकार गरेको हुन्छ र भावि पुस्तालाई सहयोग गरेको हुन्छ ।

प्रतिक्रिया