१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारीद्वारा पूर्वराष्ट्रपति यादव सम्मानित

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७४, शुक्रबार ०७:३३

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय प्राप्त उपलब्धि संस्थागत गर्न राजनीतिक दलहरुले देखाएको क्रियाशिलताप्रति खुशी व्यक्त गरेकी छिन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधानले निर्दिष्ट गरेको विभिन्न तहका निर्वाचन समयमै सम्पन्न हुनु निकै प्रशंसनीय कार्य हो भनिन ।
राष्ट्रपति भण्डारीले सबै तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु नै गणेशमान सिंहप्रति गरिएको सच्चा सम्मान हुने उल्लेख गरिन् । उनले निर्वाचनमा सक्रिय रुपमा सहभागि भएर मुलुक निर्माणको अभियानमा सरिक हुन आम मतदातालाई अपील पनि गरिन् । यसैगरी कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुक अझै अप्ठ्यारो परिस्थितिबाट मुक्त भैनसकेको भन्दै परिवर्तनका एजेण्डाहरुलाई होसियारीपूर्वक संस्थागत गर्न आग्रह गरे ।
हजारौंको बलिदानबाट स्थापित लोकतन्त्रलाई सस्थागत गर्न सबै दल इमान्दार भएर लाग्नुपर्नेमा उनले जोडदिए । लाखौं नेपाली कामको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेको भन्दै पूर्व राष्ट्रपति यादवले संविधानको कार्यान्वयनबाटै राजनीतिक स्थायित्व र आर्थिक प्रगतीको ढोका खुल्ने विश्वास व्यक्त गरे । पद र प्रतिष्ठालाई महत्व नदिई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने गणेशमानको राजनीतिक आदर्शलाई सबैले प्रेरणाको रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा पूर्व राष्ट्रपति यादवलाई संघीय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति भएर दलहरुमा सहकार्य र सहमतिको वातावरण जुटाई संविधान जारी गर्न योगदान दिएकोमा स्वर्ण पदकवाट विभुषित गरियो । रक्षामन्त्री समेत रहेका भीमसेनदास प्रधान अध्यक्ष रहेको गणशमान सिहं तथा जनआन्दोलन शहीद स्मृती शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति यादबलाई गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदकबाट विभुषित गरेको हो ।