१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रचण्डको चुनाव प्रचारमा देवी ज्ञवाली पछिपछि

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७४, शुक्रबार ०७:३९

भरतपुर । वाम गठबन्धनबाट चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको मायाले चितवनको विकास गर्न थप प्रेरणा मिलेको बताएका छन् । शुक्रबार भरतपुर–९ मा घरदैलोको क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले घरदैलोका क्रममा आत्मविश्वास र उत्साह देखिएको भन्दै त्यसबाट नयाँ उर्जा थपिएको बताए ।
अध्यक्ष दाहालले भने, ‘चितवनबासीको मायाले जिल्लाको समग्र विकास र राष्ट्रको विकासका निम्ति थप मेहनत गर्ने प्रेरणा मिलेको मैले महसुस गरेको छु ।’
अध्यक्ष दाहालले बिहीबारदेखि चितवनमा घरदैलो अभियान सुरु गरेका छन् । उनी स्थानीय तहको निर्वाचनमा आफ्नै छोरी रेणु दाहालसँग प्रतिस्पर्धा गरेका एमाले नेता देवी ज्ञवालीलाई साथमा लिएर घरदैलो अभियानमा जुटेका छन् । उनले स्थानीय तहको निर्वाचनमा माओवादीले प्यानल नै जित हासिल गरेको भरतपुरको वडा नं १३ उज्वलनगर चोकमा वाम गठवन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरी स्थानीयको घरदैलोमै पुगेर भोट माग्न सुरु गरेका हुन् ।