१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन अधिवक्ताको प्रमाणपत्र किन खोसियो, कारण देखाउ – सर्वोच्च

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७४, शुक्रबार ०७:३९

लण्डन। गैरआवासीय नेपाली भएका कारणले एक जना कानुनव्यवसायीको खोसिएको प्रमाणपत्र वारे सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

वेलायत निवासी सुरेन्द्र श्रेष्ठको अधिवक्ताको प्रमाणपत्र एनआरएन भएकै कारण नविकरण नगर्ने गरी कानून ब्यवसायी परिषदले गरेको निर्णय विरूध्दको रिट निवेदन प्रधान न्यायाधीश गोपाल पराजुलीको इजलासमा गत विहीवार पेश भएको थियो ।

१५ दिन भित्रमा किन नविकरण नगरको भन्ने कारण देखाउनु भन्ने विपक्षी कानून ब्यवसायी परिषद्का नाममा कारण देखाउ आदेश जारी भएको छ ।