८ बैशाख २०८१, शनिबार
Follow Us

एकैसाथ चार नेपाली चलचित्रको प्रतिस्पर्धा

sarusaru
२४ कार्तिक २०७४, शुक्रबार ०८:४१

काठमाडौँ । आज हलमा एकै दिन चार नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। चलचित्र रोमियो, मेला, तान्द्रो र सकस गरी चार नेपाली चलचित्रले एक साथ प्रतिस्पर्धा गर्न लागेका हुन्।

आज प्रदर्शनमा आएको चलचित्र मेलामा आमेश भण्डारी, अशिष्मा नकर्मी र सलोन बस्नेतको अभिनय रहेको । हरि पन्तको निर्माण तथा बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रले कमेडी पक्षलाई समेटेको छ।

त्यस्तै नायक हसनराजा खानले निर्देशन गरेको चलचित्र रोमियो पनि आजै हलहरुमा प्रदर्शनमा आएको छ। प्रेम कथामा आधारित चलचित्र रोमियोमा हसनसहित, निशा अधिकारी, मेलिना मानन्धर, ओसिसा बानुको मुख्य भूमिका रहेको छ।

दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र तान्द्रो पनि आजदेखि प्रदर्शनमा आएको छ। साम्तेन भुटियाले निर्देशन गरेको यो चलचित्रमा राईसँगै रामबाबु गुरुङ, राजन खतिवडालगायतको मुख्य भूमिका रहेको छ।

एनवी मर्हजनले निर्देशन गरेको चलचित्र सकस पनि आजदेखि प्रदर्शनमा आएको छ। प्रज्वल गिरी, सुनिल दत्त पाण्डे, उल्सन विक्रम राईलगायतको मुख्य भूमिका रहेको चलचित्रले कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न बाँकी नै छ।

– फिल्मी खबरबाट ।