१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्लोबल बैंकले लन्डनमा कारोबार थाल्ने

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७४, शुक्रबार ०८:३२

ग्लोबल आईएमई बैंकले लन्डनमा पनि बैकिङ सेवा सुरु गर्ने भएको छ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले लन्डनमा पनि बैंकिङ कारोबार सुरु गर्न लागिएको जानकारी दिएका हुन्।

बैंकले बिहिबार काठमाडौंमा आफ्नो स्थापनाको ११ औं वार्षिक उत्सवको अवसर पारेर ७ वटै प्रदेशमा रहेका शाखाहरुको सेवालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि जनाएको छ।

बैंकले आर्थिक वर्ष २०७३-०७४ मा ३ अर्ब ६ करोड ४० लाख मुनाफा आर्जन गर्न सफल भएको छ। चालु आवको पहिलो त्रैमास अवधिसम्म बैंकले ३५ करोड ३२ लाख खुद नाफा कमाएको छ। बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा छ।