१२ बैशाख २०८१, बुधबार
Follow Us

यो चुनावपछि विश्राम लिन्छु : वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७४, शुक्रबार ११:२७

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु मिसनसहित राजनीतिमा लागेकाले मिसन पुरा भएपछि राजनीतिबाट विश्राम लिने बताएका छन र । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार नेता पौडेलले व्यास नगरपालिका– १२ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गुणस्तरिय शिक्षा, गुणस्तरिय स्वास्थ्य र रोजगारीको अवसर गाँउ सृजना गर्ने आफ्नो मिसन पुरा भएपछि राजनीतिबाट विश्राम लिने स्पष्ट पारे ।
उनले यही चुनावपछि गाँउ गाँउमा गुणस्तरिय शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर पु-याउने आफ्नो लक्ष्य पुरा गर्ने भन्दै त्यो मिसन पुरा भएपछि राजनीतिबाट विश्राम लिने बताएका छन । वरिष्ठ नेता पौडेलले आफु राजनीति भिजन सहितको मिसन लिएर लागेको स्पष्ट पार्दै आफ्नो राजनीतिको मिसन भनेको निमुखालाई न्याय र विपन्नलाई आय दिलाउनुभएको बताए । उनले अहिलेको बामगठबन्धन मुलुका लागि केहि गर्ने भन्दा पनि जनतालाई झुक्याउने काम भएको बताए ।
वरिष्ठ नेता पौडेलले २००७ सालदेखि नै मुलुकमा एउटा राजनीति व्यवस्थाको टुंगो लगाउने प्रयत्न भइरहेपनि दरवारिया र कम्युनिष्टहरुले व्यवस्थाको टुंगो लाग्न नदिएकाले मुलुक समृद्धि हुन नसकेको बताए । उनले बहुलवादी संसदीय व्यवस्था र प्रजातन्त्रसहितको समाजवादी राजनीति व्यवस्थाको संविधान जारी भएपछि टुंगो लागेपछि एमाले माओवादी गठबन्धनले यो व्यवस्थालाई स्वीकार गर्न नसकेको बताए ।
अहिलेको राजनीति व्यवस्थालाई अस्वीकार गर्दै फेरि मुलुकमा राजनीति अस्थीरताका लागि बाम गठबन्धन बनाएको भन्दै पौडेलले मुलुकमा अब राजनीति किचलो नभइ समृद्ध मुलुकका लागि राजनीति अगाडि बढाउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले तनहुँको समग्र विकासका लागि धेरै काम भएपनि राजगारीका अवसर सृजना गरेर सवै तनहुँवासीलाई तनहुँमा नै बस्ने वातावतरण बनाउने आफ्नो मिसन अझै बाँकी रहेको बताए ।
त्यही मिसन पुरा गर्नका लागि आफु उम्मेदवार बनेको स्पष्ट पार्दै वरिष्ठ नेता पौडेलले तनहुँमा रोजगारीको अवसरका लागि आफुले नदी किनाराका टारहरुमा सिंचाईका लागि टार सिंचाई आयोजनाको कार्यालय दमौलीमा स्थापना हुन लागेको बताए । त्यसैगरि प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको कार्यालय दमौलीमा स्थापना हुन लागेको उनले जानकारी दिए ।