१३ बैशाख २०८१, बिहीबार
Follow Us

मतगणना स्थलमामा महिला प्रतिनिधि मात्रै

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७४, शुक्रबार १२:५७

भरतपुर । चितवनका मुख्य निवार्चन अधिकृत कुलप्रसाद शर्माले मतगणना स्थलमा महिला मात्रै राख्न पहल गरिने बताउनु भएको छ । युएनडिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रममा बोल्ने क्रममा मुख्य निवार्चन अधिकृत शर्माले यस्तो बताउनु भएको हो । आगामी प्रतिनिधि तथा प्रदेश सभाको कार्यक्रमलाई लक्षित गरेर जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय पत्रकार र मानवअधिकारकर्मीहरु बीच भएको कार्यशालामा बोल्दै मुख्य निर्वाचन अधिकृत शर्माले मतगणनास्थलाई शान्त र धाँधलीरहित बनाउनका लागि महिलालाई मात्र प्रतिनिधि बनाउन पहल गरिने भनाइ राख्नुभयो
मतगणनास्थलमा महिला मात्रै प्रतिनिधि पठाइदिन सबै दलसँग छलफल गरिनेसमेत बताउनु भयो । सो क्रममा उहाँले प्रमुख दलले प्रत्यक्ष निवार्चनमा महिलालाई उम्मेदवार नबनाए पनि मतगणनामा भने महिला पठाउन अनुरोध नै गर्ने बताउनु भयो । प्रमुख निर्वाचन अधिकृत शर्माले निवार्चन शान्तिपूर्ण हिसाबले अगाडि बढ्ने भन्दै सबैले निर्वाचन आचांरसहिता पालन गर्न आग्रहसमेत गर्नु भएको छ ।
सिर्जना अर्याल