११ बैशाख २०८१, मंगलवार
Follow Us

युवराज गुरुङ कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा मनोनित

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७४, शुक्रबार १६:२४

लण्डन । नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङलाई नेपाली कांग्रेसले औपाचारिक रुपमै निर्वाचनमा खटाएको छ । मंसिर महिनामा हुने प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनका लागि गुरुङलाई देश व्यापी रुपमा हुने निर्वाचन गतिविधीमा संलग्न गराउने उदेश्यले केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्यमा चयन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

पार्टी कार्यालयद्धारा विहीवार जारी पत्रअनुसार संघीय लोकतन्त्र गणतन्त्रको कार्यान्वयन र जनतामा स्थापित सार्वभौमसत्ता एवं लोकतन्त्रको रक्षाको लागि आगामी निर्वाचन महत्वपूर्ण रहेकोले सो निर्वाचनमा सहयोगको लागि गुरुङलाई खटाएको पत्रमा उल्लेख छ । गुरुङ निर्वाचनलाई मध्यनजर गर्दै यसअघिनै नेपाल गएका थिए ।

गुरुङले पार्टीले दिएको जिम्मेवारी प्रति खुशी व्यक्त गरे । उनले प्रशन्नता प्रकट गर्दै भने’ पार्टीलाई जिताउने उदेश्यले यसअघिनै नेपाल आएको थिए पार्टीले थप जिम्मेवारी दियो । पार्टीको सिपाही भएकोले सक्दो सहयोग गर्छु’ ।
23476560_10154975748773639_1869753950_n