१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हिलारी पराजित हुन सक्ने तीन कारण

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७३, बुधबार ०७:०६

काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेर इतिहास रचेकी छन् । अमेरिकामा राष्ट्रपति पदमा उम्मेदवार बन्ने हिलारी पहिलो महिला हुन् । तर राष्ट्रपति पदमा विजयी बन्न उनीसँग केही अड्चन रहेको राजनीतिक विश्लेषकहरूको विश्लेषण छ । पछिल्लो प्रक्षेपणअनुसार हिलारी क्लिन्टन महिला र अल्पसंख्यक मतदाताहरूमाझ निक्कै लोकप्रिय छिन् ।
यो प्रक्षेपणअनुसार आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उनलाई यसले केही सहयोग मिल्नेछ । कुनै पनि निर्वाचतमा विजयी हुइन्छ भन्ने ग्यारेन्टी कहिल्यै गर्न सकिँदैन । त्यस्ता केही कारण छन्, जसले हिलारीलाई राष्ट्रपतिको चुनावमा केही कमजोर बनाउनेछ । यदि हिलारी पराजित भइन् भने यी तीन कारण हुनसक्छन् ।
ट्रम्पसँगको प्रतिस्पर्धा
प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प उनको शक्तिशाली प्रतिस्पर्धी हुन् । उनले स्पष्टसँग भनेका छन्, ‘अमेरिकालाई फेरि महान बनाउनुपर्छ ।’ यता धेरै मानिसहरू हिलारी क्लिन्टनको सन्देश स्पष्ट छैन भनेर आलोचना गरिरहेका छन् । सन् २००८ मा हिलारी क्लिन्टनको वरिष्ठ सल्लाहकार भइसकेका डोव हेटवे भन्छन्– ‘मानिसहरू देशलाई अगाडि बढाउन तपाईंसँग के विचार छ भन्ने कुरा जान्न चाहन्छन् ।’ क्लिन्टनका समर्थकहरू भन्छन्, उनीसँग प्रशस्त अनुभव र योग्यता छ । तर अन्य मानिसहरूको मुख्य प्रश्न जवाफदेहीसँग जोडिएको छ ।
सन् २००८ मा क्लिन्टनको चुनाव प्रचार अभियानको सहसंयोजक एन्तोनियो विरुगुशा भन्छन्, ‘हामीलाई जनताको मिडियाप्रति भरोसा छैन । उनीहरूको झुकाव अन्य भर्चुअल संस्थासँग जोडिएको छ ।’
हिलारी क्लिन्टन र विवाद
डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा हिलारी क्लिन्टनको प्रशंसा भयो । तर पूरै अमेरिकामा यस्तो भएन । त्यस्ता धेरै मानिसहरू छन्, जसले हिलारीलाई मन पराउँदैनन् । त्यति मात्र होइन, उनको नामै सुन्न नचाहनेहरू पनि धेरै छन् । केही मानिसहरू भन्छन्, हिलारीलाई सजिलै विश्वास गर्ने आधार केही छैन । किनभने उनको नाम बेनगाजी (लिबिया) र इमेल विवादसँग जोडिएको छ । हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनकी सासू मार्जोरी मार्कोलिज भन्छिन्, ‘जब उनी निर्वाचनका लागि अस्वीकृत भएकी थिइन्, त्यसबेला अधिक लोकप्रिय थिइन् ।’ तर हिजोआज उनको लोकप्रियतामा कमी आएको छ । उनी भन्छिन्, ‘हो, उनलाई एउटी स्मार्ट महिला मानिन्छ, जब उनी कुनै मुद्दाको कुरा गर्छिन्, त्यसबेला उनी उनको क्षमता पत्ता लाग्छ ।’
इतिहास
परम्परा पनि हिलारी क्लिन्टनको पक्षमा देखिएको छैन । अमेरिकी इतिहासमा कुनै एउटा पार्टीलाई लगातार तेस्रो पटक निर्वाचित गरेको छैन । यस्तो अन्तिमपटक सन् १९८८ मा भएको थियो । त्यसबेला जर्जडब्लु बुस राष्ट्रपति बन्दा रिपब्लिकनले लगातार तेस्रो पटक जित हात पारेको थियो । सन् २००८ मा क्लिन्टन मुख्य रणनीतिकार थिइन् । मार्क पेन भन्छन्, ‘यो चुनावमा २० प्रतिशत यस्तो मतदाता छन्, जो दुवै उम्मेदवारलाई मन पराउँदैनन् । उनीहरू नै यो निर्वाचनको निर्णायक भोटर हुन् ।’