८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री देउवा चुनावी दौडाहामा पूर्वतिर

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७४, शनिबार ०७:११

पाँचथर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथर, ताप्लेजुङ र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने क्रममा प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ । पाथीभरा दर्शनपछि ताप्लेजुङको तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिनुभयो । सभापति देउवासँगै काँग्रेस नेता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, पाँचथर प्रतिनिधिसभाका उम्मेदवार भीष्मराज आङदेम्बे, प्रदेशसभा उम्मेदवार नरेन्द्रकुमार केरुङ, सुरेन्द्रकुमार दाहाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।