१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खड्काको कोटामा शंकर भण्डारी मन्त्री

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७३, बुधबार ०८:१९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसले पाउने मन्त्री कोटामध्ये प्रभावशाली नेता खुमबहादुर खड्काको कोटामा दुई जना मन्त्री बन्ने भएका छन् ।
खड्काको कोटाबाट मन्त्री बन्नेमा शंकर भण्डारी मन्त्री र राज्य मन्त्रीमा इन्द्र बानियाँको नाम सिफारिस भएको खड्का स्रोतले बताएको ।
भण्डारी र बानियाँ कांग्रेस पार्टीका लोकप्रिय युवा नेताका रुपमा परिचित छन् । भण्डारी तनहुँ जिल्लाबाट निर्वाचित सांसद हुन भने बानियाँ मकवानपुर जिल्ल्लाबाट सांसदमा निर्वाचित भएका नेताहरु हुन् ।