८ बैशाख २०८१, शनिबार
Follow Us

सिंहदरबार गेटमा दुर्घटना हुँदा एक जनाको मृत्यु

sarusaru
२६ कार्तिक २०७४, आईतवार ०८:५८

काठमाडौँ, २६ कात्तिक । सिंहदरबार चोकमा अाज बिहान ट्याक्सीले माेटरसार्इकललार्इ ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । बा २ ज २३४४ नंको ट्याक्सीकाे ठक्करबाट बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो ।

ट्याक्सीकाे ठक्करबाट गंभिर घाइते भएका घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । ट्याक्सीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

– नेपाल जोर्नालबाट ।