७ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डनको नेपाली साँझ–३ मा मुन्द्रेको आकर्षण

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार १०:५५

लन्डन । नेपाल आइडलका टप टेन गायक गायिका र नेपालका चर्चित हांस्यकलाकार जितु नेपाल (मुन्द्रे)ले लन्डनमा ‘नेपाली साँझ-३’ तातेको छ । शनिबार साँझ ग्रीन्फोर्ड टाउनहलमा भएको कार्यक्रममा उनीहरुले नेपाली दर्शकलाई आफ्नो कलामार्फत नचाए हँसाए । इलिट इन्टरटेनमेन्ट यूकेले वेष्ट लन्डन ग्रीन्फोर्ड टाउन् हल मा गरेको ‘नेपाली सांझ ३’ को दोस्रो शोमा मुन्द्रेले नेपालको समसामयिक राजनीतिक बेथितीमाथि कडा प्रहार गरे । अनि नेताहरुको क्यारिकेचर,सामाजिक संजालको प्रयोग गर्दा गोप्यता भंग भएको भन्दै दर्शकलाई हँसाए ।
कार्यक्रममा जितुसँगै नेपाल आइडलका टप ६ सुरज थापा, टप १० केन्जलमेहर श्रेष्ठ र गायिका तृष्णा गुरुङले गायनमार्फत दर्शकलाई मनोरन्जन दिलाए । यसै बीच मिसेस नेपाल यूके २०१७’ प्रतियोगिहरु आस्था जोशी बाटाजु, अमृता गिरी गजुरेल, प्रिमा पन्त भट्टराई, गीता बस्नेत पाण्डेले उत्कृष्ट नाच प्रस्तुत गरे, भने चर्चित राष्ट्रिय लोकदोहोरी गायक सन्तु थापाको सालेजो,पन्चेबाजामा पनि दर्सक उठेर बसेर नाचे ।
आयोजकमध्ये एक हेम गुरुङले दर्शकको उपस्थिति राम्रो रहेको बताए । पहिको सो हकिन्ज कम्युनिटी सेन्टर, फोकस्टन केन्टमा गरेको दोश्रो सो ग्रीन्फोर्डमा पनि हल खचाखच भएको र तेश्रो सो अल्डरसटस्थित एम्पायर हलमा साँझ ६ बजे देखि हुने शोमा सहभागी भइदिन सबैमा अपिल गरेका छन् । हेम गुरुङ, निरा पिजी, इन्द्र घोताने, मनोज गुरुङ र लाटो मगरले संयुक्त रुपमा ती कलाकारहरुको ‘नेपाली सांझ- ३’ गरेका हुन् ।
london

lon
– शिब भण्डारी