१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुवेदीद्वारा नेदरल्यान्डसमा मानवअधिकार संस्थाको उद्घाटन

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार १२:४३

लन्डन । नेदरल्यानडसको आठवटा प्रमुख र प्रतिष्ठित विश्वविद्यालयको संयुक्त आयोजनामा स्थापना भएको मानवअधिकार अध्ययन र अनुसन्धान संस्थाको गत शुक्रबार एक समारोहका बीच प्रा.डा. सूर्यप्रसाद सुवेदीले मुख्य अतिथि वक्ताको रुपमा आफ्नो मनत्व्य राख्दै उद्घाटन गरे । कुनै मन्त्री वा नेताको सट्टा अन्तर्राष्ट्रिय क्षेत्रमा लब्धप्रतिष्ठित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनका विद्वानद्वारा सो संस्थाको उद्घाटन गराउने निर्णयअनुसार प्रा. सुवेदीलाई आमन्त्रण गरिएको थियो ।
आफ्नो मन्तव्यको क्रममा प्रा. सुवेदीले संसारमा अहिलेको मानवअधिकार संरक्षण र सम्वद्र्धनको स्थिति र संयुक्त राष्ट्र संघको तत्वाधानमा हुनुपर्ने सुधारबारे आफ्ना विचार राखेका थिए । उक्त समारोहमा नेदरल्यान्डसका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ताहरु हेगस्थित विभिन्न देशमा राजदूत र कूटनीतिज्ञहरु र मानवअधिकार अभियन्ताहरुको उपस्थिति थियो ।
हेगको प्रतिष्ठित आसर इन्स्टिच्युटमा उक्त नयाँ संस्थाको स्थापना भएको हो । प्रा. सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक छन् ।