७ बैशाख २०८१, शुक्रबार
Follow Us

वर्षामानलाई ताकेर गोली प्रहार

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार १३:११

रोल्पा । माओवादी नेता एवं रोल्पामा प्रतिनिधि सभा सदस्य उम्मेदबार बर्षमान पुनलाई ताकेर गोली प्रहार भएका छ । दुईखोली गाउँपालिका छ वागमारामा चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आज विहान पुनलाई ताकेर गरेर गोली प्रहार भएको रोल्पा प्रहरीले जानकारी दिएको छ । विहान ११ बजेर पच्चिस मिनेट जाँदा पुनलाई ताकेर दुईखोला गाउँपालिका तीन केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।
पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई ताकेर एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । करिव पाँच सय मिटर टाढाको दूरीबाट पेस्तोलको आवाज आएको प्रहरीको भनाइ छ । राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगा पल्टाएर बाटो अवरोध गर्ने प्रयास समेत गरिएको बताइएको छ ।
यसअघि सुकिदह गाउँपालिकाको चुनावी सभाबाट घर्तीगाउँ फर्कदै गर्दा भिताबाङमा पुनलाई लक्षित गरेर एम्बुस समेत विष्फोट गराइएको थियो । एम्बुस विष्फोट र पेस्तोल पड्काइएको घटनाको कसैले जिम्मेवारी नलिएपनि प्रहरीले दुवै घटना नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको आशंका गरेको छ ।