२९ बैशाख २०८१, शनिबार
Follow Us

“हयाप्पी डेज” को रेड कार्पेट प्रिमिएर शो भव्य रुपमा सम्पन्न

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार २०:०३

लण्डन । बेलायतमै छायांकान भएको नेपाली फिल्म हयाप्पी डेजको ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो आइतवार अल्डरसटमा सम्पन्न भयो । प्रेमिएर शो मा नेपाली चलचित्र क्षेत्रका नाम चलेका हस्ती लगायत वेलायतस्थित नेपाली संघसँस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो । वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा बहादुर सुवेदी, र गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संयूक्त रुपमा उद्धघाटन गरेको शो हेर्न कालाकारहरु प्रियाँका कार्की, दिया पुन, प्रदीप खड्का, धिरने शाक्य, निर्देशक मिलन चाम्स, वेलायतस्थित नेपाली पत्रकार लगायतको उपस्थिती रहेको थियो । चलचित्र हेर्ने आएका सबैमा चलचित्र कस्तो होला भनेर उत्सुकता रहेको देखिन्थ्यो ।

सबैलाई चलचित्रको प्रेमिएर शो कति बेला सुरु हुन्छ भनेर पर्खाई रहेको थियो । अन्तन्त खचाखच भरिएको प्रिन्सिेस हलमा चलचित्र सुरु भयो त्यसपछि हलभित्र खुशी र रमाइलोका आवाजहरु गुञ्जिए ।

फिल्मका मुख्य कलाकारहरुको प्रत्यक्ष सहभागितामा रेड कार्पेट प्रिमियर शो भव्य रुपमा सम्पन्न भएकोमा प्रशन्न छन निर्माता मध्यका एक वी पी खनाल । ‘हलपुरै भरिएको थियो दर्शकहरुको राम्रो उपस्थिती थियो, धेरैले चलचित्रलाई मनपराए’ उत्साहित हुदैं खनालले नेपालब्रिटेन डट कमलाई प्रतिक्रिया दिए । करिब ९५ प्रतिशत छायांकन बेलायतमै भएको चलचित्र माघ १२ देखि नेपाल भर प्रदर्शन हुने बताएको छ। पत्रकार खगेन्द्र नेपालीले फिल्म कलात्मक रुपमा धेरै किसिमले मायालाई प्याकेज गरिएको छ आमाको माया देशको माया आदिलाई राम्रोसंग प्रस्तुत गरिएको प्रतिक्रिया दिए ।

23435017_10210574609706714_6569607724971522195_n
बेलायतका नेपाली व्यवसायीहरुले निर्माण गरेको उक्त चलचित्रका प्रस्तोता वी पी खनाल र निर्माताहरुमा वीपी खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स र डा. अशोक बन्साल छन् । नेपालबाट आएका कलाकार र प्राविधिकहरु ४६ दिनसम्म बेलायतमै बसेर छायांकन गरिएकाले पनि यसको लगानी करिब २ करोड ५० लाख रहेको छ ।

फिल्मा स्कटल्याण्ड, वेल्स् र इंग्ल्याण्डका रमणीय दृश्यहरु फिल्ममा समेटिएको छ । बेलायतका रमणीय दृश्य र प्रेम कथा रहेको हयाप्पी डेज दर्शकको रोजाइमा पर्ने विश्वास गरिएको छ ।
चाम्स् इन्टरटेन्मेन्ट र लन्डन सिने आइको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, दिया पुन, विक्की जोशी, मोनिका गुरुङ, रुपा पुन, रितेश चाम्स लगायत कलाकारहरुको मुख्य अभिनय छ ।

चलचित्रमा यम थापाको स्क्रीन प्ले, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, नरेश भट्टराई, दिनेश राउत र राजनराज सिवाकोटीको शब्द, तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन छ । त्यस्तै फिल्ममा रामकुमार केसीको छायांकन, गिरीराज घिमिरेको मुख्य सहायक निर्देशन तथा मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन छ ।
23467094_10210592174229411_323856593703914835_o