१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएका पदाधिकारीलाई जापानमा पन्चे बाजाले स्वागत

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार २०:१२

लण्डन । गैरआवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीका नबनिर्वाचित पदाधिकारीहरुलाई जापानमा सम्मान गरिएको छ ्र सो सम्मान कार्यक्रम एनआरएनए जापानको आयोजना र जापान स्थित संघसंस्थाहरुको सहआयोजनामा सम्पन्न भएको थियो ।

तोकियो स्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सम्मान हुनेहरुमा जापानमा उपलब्ध केन्द्रिय अध्यक्ष भबन भट्ट,प्रबक्ता भुषण घिमिरे, एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा, क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेल, एनआरएनए युबा सयोजक सुदन थापा,आइसिसी सदस्यहरु कपिलदेब थापा,डिलाराम खरेल,दिनेश गुरुङ,केशर गिरी लगायत छन ।

कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाको स्वागत मन्तब्यका साथै प्रबाशी नेपाली मन्च – जापानका कार्यबाहक अध्यक्ष बाबुराम भण्डारी, जन(प्रगतिशील मंचका अध्यक्ष हबल चन्द्र लामा, शालिकराम सापकोटा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, आदिबासी जनजाती महासंघका पासांग शेर्पा,जन सम्पर्क समिति जापानका अध्यक्ष डिपी कंडेल, युबा संयोजक सुदन थापा, एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा लगायतले बोलेका थिए ।

सो कार्यक्रम लाई प्रमुख अतिथि कृष्ण चन्द्र अर्याल र बिशेष आतिथि तथा गैरआवाशीय नेपाली संघका केन्द्रीय अध्यक्ष भबन भट्टले आफ्नो भनाइ राख्नु भएको थियो।
सोहि कार्यक्रममा एनआरएनए जापानको भर्खरै मनोनित भएका सदस्यहरु लाइ सपथ ग्रहण समेत गराइएको थियो । कार्यक्रमको संचालन एनआरएनए महासचिब बुद्दी घिमिरेले गरेका थिए भने अध्यक्षता एनआरएनए जापानका अध्यक्ष टासी वांदी लामाले गरेका थिए ।