७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए उपाध्यक्ष कुल आचार्य लण्डनमा सम्मानित (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार २१:०१

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यलाई लण्डनमा सम्मान गरिएको छ । आइतबार लण्डनमा आयोजित सम्मान कार्यक्रममा बेलायतस्थित संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले सहभागीहरुलाई स्वागत गरेका थिए । नेपालब्रिटेन डट कमको आयोजनामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठीले आचार्यलाई खादा लगाएर सम्मान गरे ।

यस्तै सनत गुरुङ, हरिसिहं थापा, सूर्य गुरुङ, मदन थापा, प्रकाश न्यौपाने, राजु थापा, रामशरण सिमखडा, राजेन्द्र पुढासैनी, एनआरएन नेता कृष्ण तिमल्सिना, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, वाचस्पति रेग्मी, शिव भण्डारी, एनआरएन यूकेकी उपाध्यक्ष सुशीला राई, उपाध्यक्ष शेर सुनार, एकेन्द्र गुरुङ, एनआरएन अभियन्ताहरु दयानिधि सापकोटा, लक्ष गुरुङ, महेन्द्र कंडेल, चित्र गुरुङ, दासुराम पाण्डे, फडिन्द्र भट्टराई लगायतले आचार्यलाई बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा संघको सहकोषाध्यक्ष सोम सापकोटालाई समेत बधाई तथा शुभकामना दिइएको थियो ।

बधाइ तथा शुभकामना कार्यक्रमा छोटो मन्तव्य दिंदै आचार्यले समृद्ध नेपाल बनाउने अभियानमा एनआरएनए लागीरहेको र यसकालागि संसारभरि फैलिएका सबै नेपालीहरुको साथ र सहयोग आवश्यक पर्ने बताए। उनले आफुलाई मत दिएर जीताउने सबै साथीहरु लगायत सम्मान कार्यक्रम आयोजना गर्ने आयोजकलाई पनि हार्दिक धन्यवाद दिए।

आचार्यले एनआरएन युकेको कार्यसमितिमा सदस्य, उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक हुँदै यूरोप संयोजकको जिम्मेवारी समेत संहालेका थिए । आफ्नो जन्मथलो पर्वतको धाइरिङमा आफ्नै पिताको नाममा उच्चमाध्यमिक विद्यालयलाई सहयोग गर्नेदेखि लिएर कुश्मामा पाठशाला बनाउन समेत उनले सहयोग पुर्याएका छन्। गाउँठाउँका मठमन्दिर, पाटीपौवा बनाउनेदेखि लिएर नेपाल पुगेका बेला आचार्यले थुप्रै कल्याणकारी काममा सहयोग गर्दै आएका छन्।

1

2

3

5

6

23515703_10210574908714189_1330502336_n

23515747_10210574919794466_262424441_n

23515748_10210574909434207_1759495890_n

23548183_10210574909554210_1875403964_n

23548464_10210574914514334_1357091337_n

23549494_10210574919194451_1342162194_n

0