१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शान्ति नेपाली समाज बेलायतमा चुनावी रन्को

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७३, बुधबार ११:२३

लन्डन । शान्ति नेपाली समाज बेलायतको आगामी १२ सेप्टेम्बरमा बर्मिघममा हुने महाअधिवेशनको चर्चा चुलिएको छ । नयां नेतृत्वको समेत निर्वाचनको तयारी भए पछि एकाएक समाज भित्र चुनावी रन्को थपिएको हो । दुई कार्यकालको नेतृत्व समालेका वर्तमान अध्यक्ष कासी शर्माले पुनः नेतृत्वका लागि आकांक्षी नभए पछि सर्वसम्मतको वातावरण तयार भएको छ । नयाँ नेतृत्वका लागि ठाकुर ज्ञावली, कृष्ण ढकाल र भुपेन्द्र पाठककाे नाम चर्चामा छ । प्रचार बिभागमा प्रमुख झुपेन्द्र पाठकले बुधवार एक बिज्ञप्ति जारी गर्दै समाजमा बिभिन्न रचनात्मक र उदाहरणिय काम गर्दै स्थानियवासीहरुलाई संस्थाको सदस्यता नविकरण गर्न आग्रह गरेका छन् ।

समाजको नेतृत्व चयनका लागि ६ सदस्य रहेको निर्वाचन समिति गठन भएको छ । राजु कंडेलको संयोजकत्वमा गठित समितिमा  विष्णु भन्डारी, नविन सापकोटा, श्रीमती गोमा पौडेल , कृष्ण पौडेल  र श्रीमती सम्झना पौडेल छन ।

Programme Details:

स्थान – RAl function hall 83 nineveh Road Birmingham  b21 0sx

मिति–12th  September

समय — 10 am

– नवराज घिमिरे