११ बैशाख २०८१, मंगलवार
Follow Us

बाग्लुङमा दुईजना मृत अवस्थाामा फेला

sarusaru
२७ कार्तिक २०७४, सोमबार ०६:२२

बागलुङ २०७४ कात्तिक २७- बागलुङ नगरपालिका ११ साबिक रायडाँडा गाविस ४ धारापानीका खड्गबहादुर थापा पानीकटेरीमा मृत अवस्थामा फेला परेका छन् । उनको शव पोष्टमार्टमका लागी धौलागिरी अन्चल अस्पतालमा ल्याईएको स्थानीयले बताएका छन् ।

मृतक थापाको मृत्यु शंकाष्पद रहेको स्थानीयवासीको आशंका रहेको छ ।

यसैवीच बागलुङ नगरपालिका ४ वडारचौर बस्ने चन्द्रबहादुर थापा पनि सोहि ठाउँमा मृत अवस्थामा भेटिएका छन् । प्रहरीले दुबै घटनाको छानविन गरिरहेको बताईएको छ ।
मृत्युको कारण अझै खुल्न सकेको छैन तर चुनावको बेला भएकोले कुनै राजनैतिक रहस्य लुकेको हुन सक्ने आसंका गरिएको छ ।