१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जर्मनीमा नेपाली महिला सकृय

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७३, बुधबार ११:४९

गैरआबासिय नेपाली संघ(एनआरएनए) जर्मनीले अहिले महिलाहरुलाई संगठित गर्ने अभियान चलाएको छ। एनआरएनए आइसीसीका महिला संयोजक सपिला राजभण्डारी र सह-संयोजक रजनी प्रधानको अतिथ्यतामा जर्मनीको मुख्य शहर फ्र्यान्कफोर्ट बाट शुरु गरिएको यो अभियान अन्तर्गत जर्मनीको मुख्य शहरहरुमा आयोजना गरिने महिलाहरुको भेलामा बिभिन्न मुद्दाहरुमा छलफल चलाई योजना बनाइने छ। फ्र्यान्कफोर्ट शाहरको ओस्ट पार्कमा गत ६ अगस्तमा भएको महिला भेलाले निमा राजभण्डारी अर्याललाई हेसेन क्षेत्रको संयोजक तोकेको छ भने अन्य सदस्यहरुमा ईश्वरी त्रिपाठी, अनिता थापा, राजन देबी गौतम, मेनका त्रिपाठी, शकुन्तला खनाललाई चयन गरेको छ। एनआरएनएले हाल “एक युरो प्रती एनआरएन”को अभियान संचलान गरेर नेपालमा त्यस्बाट उठेको रकमले नेपालमा बिभिन्न च्यारिटी प्रोजेक्ट गर्ने लक्ष्य राखेको छ। हरेक देशमा बस्ने नेपाली महिलाहरुले सार्वजनिक कार्यक्रमको लागि आफु बसेको देशको प्रतिनिधित्व गर्ने रङग मिल्ने नेपाली लालिगुरासको बुट्टा भएको सारीको ब्यबस्था गर्ने निर्णय गरिएको थियो।

फ्र्यान्कफोर्टबासी नेपालीहरु बीच त्यसै दिन ग्रिलपार्टीको पनि आयोजना गरिएको थियो। ग्रिलपार्टीमा एनआरएनएका संस्थापक राम प्रताप थापा, उपाध्यक्ष कुमार पन्त, एनसीसी अद्यक्ष नबराज रोस्यारा, स्पोर्ट कोर्डिनेटर कुम्भ राज रेग्मी, एनसीसी सदस्यहरु भोज राज त्रिपाठी, चन्द्रकान्त आचार्य एलसीसी कोर्डिनेटर लोकमणी ढकाल लगायत एनआरएनएका सदस्यहरु र हेसेन स्टेटमा बसोबास गर्दै आउनु भएका नेपालीहरुको उपस्थिती रहेको थियो। एनआरएनएको अर्को महिला भेलाको आयोजना आगामी १४ अगस्तमा ह्यानोवरमा हुने कुराको जानकारी एलसीसी निदरज्याक्सन ब्रेमेनका संयोजक काजी राणाले दिनुभएको छ।