६ बैशाख २०८१, बिहीबार
Follow Us

चार एआईजी बढुवा

sarusaru
२८ कार्तिक २०७४, मंगलवार ०४:०३

कार्तिक २८, २०७४-नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजीमा थप चार बढुवा सिफारिस भएका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवा सिफारिस गरेको हो ।

प्रहरीमा यसअघि नै ११ एआईजी बढुवा भइसकेका छन् । चुनावको मुखमा पुन: चार जनालाई एआईजी सिफारिस गरिएको हो ।

-कान्तिपुरबाट ।